भरतपुर/भरतपुरस्थित डबली द स्पेशमा सम्पन्न कार्यक्रमबाट चितवनका युवा उद्यमीहरुले गुरुमन्त्र लिएका छन् । चितवन उद्योग संघ युवा उद्यमी मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा युवा उद्यमीहरुलाई चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले गुरुमन्त्र प्रदान गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका दुवाडीले युवा उद्यमीहरुलाई नेपालमै बसेर कसरी उद्यमशिलताको क्षेत्रमा प्रशंसनीय एवं उदाहरणीय कार्य गर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव पनि साट्नु भयो। कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिल संयोजक हरिप्रसाद सुवेदीले युवाहरुलाई अभिमुखीकरण मार्फत आफ्ना अनुभव र उद्यमशिलतामा कसरी अगाडि बढ्न सकिन्ने भन्ने भनाई राख्नुभएको थियो ।
चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरेको सभापतित्वमा सम्पन्न गुरुमन्त्र एवं अभिमुखीकरणलाई कार्यक्रम संयोजक रुपेश कृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा दुई दर्जन भन्दा बढी युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।




