• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए आईसिसि अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ /गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार एवं पुर्व उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रबर्दन,गैरआवासीय नेपाली नागरिकता तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । पर्वतको धाइरिङमा जन्मिएका आचार्य बिगत दुई दशक देखि बेलायतलाई कार्यक्षेत्र बनाउदै ब्याबसाय गर्दै आएका एक सफल व्यवसायीको रुपमा चिनिन्छन ।

    आचार्यले सन २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने एनआरएनए बनाउन आफूले काम गर्ने बताए । पूर्व उपाध्यक्षसमेत रहेका आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताए । संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको जनाउँदै आचार्यले आफू पुन चुनावी मैदानमा उत्रिएको बताए । उनी गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । अघिल्लो पटकको निर्बाचनमा आचार्य संघका अध्यक्ष कुमार पन्तसँग केहि मतले मात्रै पछाडी परेका थिए । आचार्यले अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक रहेको जनसवालसँगको कुराकानीमा बताए । संस्थामा लामो समयदेखि तन,मन,धन दिएर निस्वार्थ सेवामा खटेको व्यक्ति भएकाले आफ्नो योगदानको विश्वमा रहेका गैरआवाशीय नेपालीले मूल्यांकन गर्ने आचार्यले बताए । मैले कहिलै पनि कमिसन वा व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन र त्यो कहिलै पनि गर्दिन । संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले सधैं आवाज उठाइरहेको छु आचार्यले भने सबै गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र युवालाई साथ लिएर जाने आफ्नो भिजन रहेको उनले बताए । आचार्यले भने गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको आफु सधै विरोधी बिरोधि भएको जनाए । संघको साखलाई उच्च बनाउन तमाम अग्रज र गैरआवासीय नेपाली समुदायको विशेष अनुरोधलाई स्वीकार गरेर नै आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

    Advertisement

    संघको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ । नेपालको संविधान जारी भएको छ वर्ष भईसक्दा पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएको र आफुले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु आचार्यले बताए उनले भने म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु । एनआरएनए अभियन्ता तथा सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनुका साथै संघको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताए । विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्रमा ठुलो योगदान दिएको तर मध्यपूर्व, मलेसिया,कोरिया,युरोपलगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी रहेको र त्यो आफ्नो कार्यकालमा पुरा गर्ने आचार्यले बताए । उनले संघले यस क्षेत्रमा पहल गरिरहेको भए पनि सबै साझेदारसँग सहकार्य गरेर नतिजा देखिने गरी आफुले काम बताए ।
    संघमा केही समयदेखि विविध समस्या देखिन थालेका छन । आचार्यले एनआरएनए केन्द्रले राष्ट्रिय समन्वय परिषद हरुलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुराको आफु बिरोधि भएको बताए । उनले राष्ट्रिय समन्वय परिषद(एनसिसि)लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने आफ्नो नीति हुने समेत जानकारी गराए । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ । “एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि धेरै नै अपेक्क्षा रहेको छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ आचार्यले भने । सन २००३ मा अग्रजले संघ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली र नेपाल समृद्ध भएको हेर्ने आफ्नो चाहना रहेको आचार्यले बताए । यसका लागि संघले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाओस भन्ने मात्र आफ्नो चाहना रहेको आचार्यले जनाए । नेपाल सरकारले मान्यता दिएको एनआरएनए नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता रहेको सँस्था हो । अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको छ । हाल संस्थाले ८५ भन्दा बढी मुलुकमा आफ्नो संजाल बिस्तार गरिसकेको छ ।

    अध्यक्षका दाबेदार आचार्यका मुख्य एजेन्डाहरु के छन त ?

    नेपालका सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याई संविधानले नै प्रदान गरेको गैरआवासीय नागरिकता कानून पारित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै यो विषयलाई आचार्यले उच्च प्राथमिकतामा राखेको बताएका छन । गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा प्राथमिकताको विषय हो । यस्तै कोभिड-१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु परेको छ । स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन आफुले ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको बताए । प्रवासी लगानीमैत्री नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले भने, ‘नागरिकताको अभावमा कतिपय गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न नपाएको तथा नेपालमा रहेको पैतृक सम्पत्ति पनि परिचालन गर्न नसकेको अवस्था छ। यस्ता समस्याको समाधान गर्न मैले नेपाल सरकारलाई आग्रह गर्ने छु ।
    प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले सधै जोड दिंदै आएको उनले बताए । उनले आफ्ना प्रतिवद्धताहरू छिट्टै औपचारिक रुपमा नै सार्वजनिक गर्ने पनि बताएका छन् ।
    हालै सम्पन्न एनसीसीहरुको चुनाव र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा केन्द्रले हस्तक्षेप गरिरहेको भन्ने गुनासो आएको पनि बताए । आचार्यले भने, ‘ विधानको आफूखुसी व्याख्या गर्ने प्रवृत्ति देखिएको छ । म एनसीसीहरुलाई स्वायत्तता दिनु पर्छ भन्ने कुरामा विश्वास गर्छु । संस्थाको पारदर्शिता, संस्थाका सदस्यहरुको डेटा सुरक्षा, एनसीसीहरुको स्वायत्तता अर्थात हरेक देशका एनसीसीहरुलाई आफ्ना सदस्यहरुका डेटा, आफ्नो नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न स्वतन्त्र निर्णय गर्न छोडीदिनुपर्ने आचार्यले बताए ।

    हामि मातृभूमिका ‘कर्मी माहुरी’ हौ : आचार्य

    देश आर्थिक संकटमा परेका बेला प्रवासमा श्रम बेचेर रेमिट्यान्स पठाई अर्थतन्त्रलाई बचाउने भूमिका होस् या प्रवासमा सिकेका प्रविधि, सिप अनि ज्ञान। ती सबलाई मातृभूमिमा लैजाने ‘कर्मी माहुरी’हरूको रुपमा विश्वका विभिन्न देशमा कार्यरत नेपाली ‘कर्मी-माहुरी’ हुन्। जसरी ‘कर्मी-माहुरी’ले वनजंगल अनि बगैंचामा गएर फूलको मीठो रस लिएर घारमा मह बनाउँछन्, त्यसरी नै प्रवासी नेपाली पनि रेमिट्यान्स, सिप र ज्ञान भित्र्याउने माहुरी हुन् ।
    आफूले सिकेको सिप, ज्ञान र आर्जन गरेको पूँजी नेपालको बृहत्तर हितको लागि प्रयोग गर्न हामी सधैं लालायित छौं। आफ्नो ठाउँ, घर अनि परिवार छोडेर प्रवासमा काम गरिरहेका नेपाली भावनात्मक रुपले मातृभूमि र परिवारको न्यास्रो महसुस गरिरहेका हुन्छन् । उनीहरूलाई माया र स्नेहको खाँचो हुन्छ। तन प्रवासमा भए पनि मन-मुटु मातृभूमिमा नै हुन्छ। खाडीमा आज कैयौं युवा मानसिक तनाव अनि विभिन्नखाले समस्याले ग्रस्त छन्। प्रवासमा दु:ख बिमार पर्दा रेखदेखको अभाव, उपचार खर्च अभाव, कमाई नहुँदा खान-बस्न कै समस्या पनि हुन्छन् । यसपालि कोरोना महामारीले त झन् कैयौं प्रवासी नेपाली कोठाभित्रै छटपटाएर जीवन गुमाउनु परेको थियो। एकातिर खान र बस्नको समस्या अर्कोतिर पैसाको अभाव अनि प्लेन नचल्नेजस्ता विविध समस्या झेलिरहेका नेपालीलाई आवश्यक परेको बखत हामी सबैले अभिभावक ठानेको नेपाल सरकारले केही गरिदेओस् भन्ने आस हुन्छ । त्यसका लागि चुस्त दुरुस्त संयन्त्र बनाई कोषको ब्यवस्था गरी प्रवासीका परिवारका लागि पनि रेखदेख गर्न भूमिका खेल्नुपर्ने देखिन्छ।

    एनआरएनएको आगामी नेतृत्वका लागि आचार्यसँगै बद्री केसी र रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन । यसपटक आचार्य र केसिबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने थापाले उम्मेदवारी फिर्ता लिई आचार्य समुहलाई समर्थन गर्ने सम्भाबना छ । आचार्य नेपाली कांग्रेस , नेकपा माओवादी र नेकपा एमाले(समाजवादी) को संयुक्त उम्मेदवार रहेका छन भने केसी नेकपा एमालेका उम्मेदवार हुन । आचार्यलाई बिदेशमा रहेका धेरै राजनीतिक संघ सँस्थाको समर्थन रहेको र आचार्य समुहले भर्खरै सम्पन्न एनआरएनए एनसिसिहरुको निर्बाचनमा ७०% भन्दा बढि देशहरुमा विजय हासिल गरेकोले आगामी अधिबेसनमा आचार्यको जित लगभग निश्चित देखिन्छ ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.