• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

अनलाइन भवन निर्माण अनुमती प्रक्रिया  पोर्टल घर नक्सा सफ्टवयरको शुभारम्भ

"भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालले करिव २० लाख खर्च लाग्ने "

  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपर लेस बनाएको छ । सेवाग्राहीले नक्सा पास गर्न कागजी फाइल बोकेर प्राविधिकको टेवल धाउनुपर्ने घन्टौँसम्म लाइनमा कुरेर बसिरहनुपर्ने बिगतको बाध्यतालाई अन्त्य गर्न महानगर सफल बनेको हो । महानगरमा कार्यक्रमको आयोजना गरी अनलाइन भवन निर्माण अनुमती प्रक्रिया  पोर्टल घर नक्सा सफ्टवयरको शुभारम्भ गरिएको छ । महानगर प्रमुख मेयर रेनु दाहालले सफ्टवयरमार्फत १५ दिने सुचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्सा सफ्टवयरको शुभारम्भ गरेकी हुन् ।   भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालले करिव २० लाख खर्च लाग्ने सो सफ्टवयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने लामाले बताए ।

    Advertisement

    भुकम्प प्रबिधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र ब्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफट्वयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही पनि फाइल बोकेर कार्यालयमा टेवल÷टेवल कर्मचारी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । यो सफट्वयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफट्वयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सुचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ ।

    निर्माण पुरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउने छन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेसनसमेत एकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ ।  अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफट्वयरमा समाबेश छैन । यसलाई पनि केहीमहिना भित्र समावेश गर्ने योजना परामर्श दाता कम्पनीले बताएको छ । कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले महानगरले अब हरेक काममा पेपर लेस प्रणालीको विकास गर्न लागेको बताए । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अब अनलाइन प्रबिधिमा आफूहरु अगाडि बढ्न लागेको उनको भनाइ छ  ।

    अनलाइन भवन निर्माण अनुमति प्रक्रिया सफटवयर सन्चालनमा आएपछि यसले सेवाग्राहीलाई धेरै लाभ मिल्ने उनले बताए ।  यो सफटवयर सन्चालनसँगै आफनो काम कहाँ पुगेको छ ? केके भयो ? के कारणले ढिला भयो ? भनेर सेवाग्राहीले घरमै बसेर हेर्न मिल्ने ब्यवस्था पनि सफटवयरमा राख्न आवश्यक रहेको बताए । भण्डारीले भवन निर्माण आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गराउन प्राविधिकहरु सक्रिय बन्नुपर्ने पनि बताए ।

    कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सफट्वयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यामबाट सुशासन कायम हुने, आर्थिक पारदर्शीता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेवुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यता समेत अन्त्य हुने हँुदा काममा पनि छिटो बताए । उनका अनुसार यसले समयको पनि बचत हुने र काम चोर प्रवृत्ति पनि हट्ने खतिवडाको भनाइ छ ।  उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न महानगरले नीतिगत रुपमा आईपर्ने केही समस्या भए नीति बनाएर अगाडि बढ्नु आवश्यक रहेको बताए ।

    कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सक्ने बातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई अनावस्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफुहरु अगाडि बढेको उनको भनाई छ  । महानगरको सुशासन कायम गर्दै विकास र सम्मृद्धिमा अगाडि बढाउन सेवा प्रवाहमा, छिटो, छरितो, चुस्त, दुरुस्त र पारदर्शी बनाउँदै जनताले चाहेअनुरुपको सेवा दिन महानगर प्रतिबद्ध रहेको र त्यही अन्तगत काम भइरहेको उनको भनाइ छ ।  नक्सा शुभारम्भले डिजिटल महानगर बनाउने उद्देश्यलाई पनि सार्थक बनाउने उनले बताइन् । यो शुभारम्भ भएसँगै कामप्रति कर्मचारीलाई थप जवाफदेही गराउने र सेवाग्राहीलाई यसले धेरै फाइदा पुग्ने उनको तर्क छ । अव यसलाई प्रभावकारी कार्यान्वयनमा महानगर लाग्ने र महानगर अव प्रविधिअनुरुप नै अगाडि बढ्ने उनले विश्वास दिलाइन् ।

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.