• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कतारबाट राज रेग्मीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं /गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको दशाै विश्व सम्मेलनमा कतारबाट राज रेग्मीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक साथै बिभिन्न टास्कफोर्सको संयोजक पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् । सरल र मिझासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियान्ताका रूपमा हेरिन्छन । बिश्व संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।

    उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक छ । सबैलाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी रेग्मीले अपिल गरेका छन् । अहिले एनआरएनको आगामी १० औं महाधिवेशन नजिकिदै गर्दा निर्बाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसिसिको आगामी अधिबेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ ।

    Advertisement

    मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ । एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए । कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिएको रेग्मीले बताए ।

    एनआरएनए मध्यपूर्व युवा संयोजक तथा विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उदयीमान तथा उर्जाशील स्वभावका रेग्मी कतारमा सफल व्यवसायी र समाजसेवीका रुपमा परिचित छन । एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुल्दै गरेका रेग्मी सम्भवत निर्विरोध निर्वाचित हुने पदाधिकारीमा पर्ने सम्भाबना पनि बढेको छ ।
    कतार तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आखाको नानी जस्तै रहदै आएका छन् । हाल एनआरएन अभियानमा रेग्मीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी युवा उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता रेग्मीसँग रहेको छ ।

    हालै मात्र विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उनको चर्चा विश्वभर फैलिएको छ । मध्यपूर्व युवा विभागबाट आयोजना गरिएको उक्त कार्यक्रममा विश्वभरका दोश्रो पुस्ताको सहभागिता रहेको छ भने कार्यक्रम चर्चित पनि वनेको छ । मध्यपूर्वमा रहेका युवाहरुलाई टेवा पुर्याउने उद्देश्यले छुट्टै कोष स्थापानालागि ३६ सय डलर सहयोग गरेका रेग्मीले युवालाई लक्षित कार्यक्रमहरु भावी दिनमा अझ प्रभावकारीढंगबाट ल्याउने बताउँछन् ।
    रेग्मीले आजको दिनसम्म आइपुग्दा विश्वमा रहेका गैरआवासीय नेपालीहरुको माया, साथ, शुभेच्छा र समर्थनले हालसम्मको सफलता प्राप्त गरेको जनाउदै आईसीसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनका लागी सबैलाई अनुरोध गरे । रेग्मीले आफु युवा उपाध्यक्षमा आएमा नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धिमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने बताए । उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    रेग्मीले विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने जनाउँदै बिदेशमा विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरैयुवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउदै युवा केन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताए । उनले सुरक्षित बैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको बताए । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने बताए । युवा उपाध्यक्षका उम्मेदवार रेग्मीले वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरुको समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए ।

    रेग्मीको प्रतिबद्धताहरु निम्न रहेका छन

    १. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा समुहिक लगानी ।
    २. युवा स्वरोजगारहरुको क्षमता अभिबृद्दि र उपलब्धिमुलक नव–प्रबर्दनका क्षेत्रमा युवाहरुको सामुहिक लगानी ।
    ३. बिदेशमा सिकेको सिप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना ।
    ४. विभिन्न पेसा र क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना ।
    ५ . सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरुको लागि श्रम सहजिकरण लगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान ।
    ६. मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहने युवा हरुको लागि छुट्टै राहत कोष स्थापना ।
    ७. सबैको अपनत्व हुनेगरी सबै बर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने , बिधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने ।

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.