• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम हुँदै


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताउनुभयो । आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग समन्वय गरेर देखिएका बाधा, अवरोध फुकाउँदै समयमा काम सम्पन्न गर्न महानगरपालिकाले भूमिका खेलेको उहाँको भनाइ छ ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग आवश्यक समन्वय गरेर निर्माण सामग्री व्यवस्थापनदेखि आइपर्ने सबै खालका समस्याको समाधान गरिँदै आएको दाहाल बताउनुहुन्छ । जसका कारण कतिपय आयोजनाका काम निषेधाज्ञामा समेत भएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिका–१० मा सिटीहल निर्माण भइरहेको छ । सघन सहरी विकास डिभिजन कार्यालय चितवनले सो आयोजना हेरिरहेको छ । कार्यालयका प्रमुख प्रकाश अर्यालका अनुसार रु ८७ करोड ८८ लाखमा सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेको छ । हालसम्म १५ प्रतिशत काम सम्पन्न भइसकेको छ । महानगरकै पुल्चोकबाट गोन्द्र्राङसम्मको छ लेन सडकको काम भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनले सो सडक स्तरोन्नति गरिरहेको हो । सो सडक रु एक अर्ब १२ करोडमा स्तरोन्नति भइरहेको हो । यसले महानगरको सौन्दर्यतासमेत बढाउने छ ।

    महानगर हुँदै जाने हुलाकी सडक विस्तार पनि भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जीनियर विजय दराईका अनुसार हुलाकी सडक स्तरोन्नतिका लागि रु ४० करोडको काम भइरहेको छ । यस्तै सोही कार्यालयले भरतपुर–मेघौली गोलाघाट वैकल्पिक राजमार्गको काम गरिरहेको छ । गत वर्ष रु तीन करोड खर्च भएको सो सडकमा यस वर्ष रु चार करोडको काम हुँदैछ ।

    महानगरपालिकाभित्र सार्वजनिक–निजी साझेदारी अवधारणाबमोजिम नारायणगढको लायन्सचोकमा भरतपुर मेट्रो प्लाजा निर्माण गरिँदै छ । भरतपुर महानगरपालिकाले सो परियोजनाका लागि ११ कठ्ठा ७।७ धुर जग्गा निजी क्षेत्रलाई उपलब्ध गराएको छ । तीस वर्षपछि महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने गरी प्लाजा बनाउन लागिएको हो । दुई बेसमेन्ट पार्किङसहित १४ तलाको बहुउद्देश्यीय भवन बन्ने छ । जसमा पाँचतारे होटललगायत व्यावसायिक फार्म हुनेछन् । यस परियोजनाबाट महानगरले ३० वर्षमा रु ८१ करोड राजश्वसमेत प्राप्त गर्नेछ । महानगर प्रमुख दाहालले यो महानगरको महत्वपूर्ण परियोजना बन्ने बताउनुभयो ।

    महानगरकै वडा नं १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको छ । जसमा झण्डै रु तीन अर्ब लगानी हुने अनुमान छ । धर्मुस–सुन्तली फाउण्डेशनले सो परियोजनाको नेतृत्व गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्यका अनुसार नारायणगढ नजिकै नारायणी सिबीच मोडलमा काम अघि बढाइएको छ । सो क्षेत्रको विकासका लागि रु २९ करोड खर्च हुने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
    महानगरपालिकाभित्र ८८।६१ किलोमिटर चक्रपथ निर्माणको काम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको लगानीमा काम अघि बढेको हो । काम सम्पन्न गर्न रु आठ अर्ब खर्च लाग्ने सडक विभागले विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाको वडा नं २१ पार्वतीपुरमा आठ बिघा जमिनमा औद्योगिक ग्राम निर्माण गरिँदै छ । जसका लागि रु एक अर्ब १० करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । रु एक करोड लागतमा कम्पाउण्डको काम भइरहेको छ ।

    महानगरपालिकाकै वडा नं ३ नगरवनको सानु मझुवामा अटोल्याण्ड बनाइँदै छ । रु एक अर्ब ३५ करोड खर्च लाग्ने अनुमान छ । यसको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत यो काम गरिँदै छ । महानगरलाई स्मार्ट सिटी बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदन बुझाइएको छ । महानगरीय यातायात गुरुयोजनाका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न प्रस्ताव आह्वान गरिएको छ ।

    महानगरले दिएको जानकारीअनुसार महानगरको शारदानगर, दिव्यनगर, पार्वतीपुर, मेघौली र जखडीमाईमा रु दुई अर्ब ४१ करोडका खानेपानी आयोजना निर्माण भइरहेका छन् । महानगरले पाँच किलोमिटर सतह ढल, ५१० किलोमिटर कालोपत्र निर्माण गरिसकेको छ भने ५० किलोमिटर मर्मत गरेको छ । वडा नं २८ मा आपत्कालीन आवास निर्माण गरिसकेको छ । यसैगरी भरतपुर–१२ मा रु सात करोडमा राइनो पार्क, वडा नं २५ मा रु ७९ करोडमा देवीस्थान पार्क, वडा नं १४ मा रु सात करोडमा म्युजिम र फनपार्क, वडा नं १६ मा रु चार करोडमा चिडियाखाना, वडा नं १३ मा रु ३।५ करोडमा भ्यूटावर र पार्क, वडा नं १५ मा रु तीन करोडमा स्मृतिपार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

    वडा नं १९ र २३ मा खुला व्यायामशाला निर्माण गर्दैछ । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ९० किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता भइसकेको छ । जसका लागि रु १८ करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरले १५ शय्याको कोभिड अस्पताल निर्माण गरेको छ भने फोहरमैला व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    महानगरभित्रै ‘एक सहर, एक पहिचान’अन्तर्गत भरतपुर अस्पतालभित्र बिरामी कुरुवाघर निर्माण गरिएको छ । देवघाटमा शव दाहस्थल बन्दैछ भने रानीपोखरी, केन्द्रीय बसपार्क मर्मतसम्भारलगायतमा सघन सहरी विकास डिभिजन कार्यालयले रु २५ करोडको काम गरिरहेको छ । भरतपुरको वाइपास सडकसमेत निर्माण भइरहेको छ । भरतपुर महानगरभित्रको महत्वपूर्ण परियोजना भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको छ । सबै आयोजनाका काम अघि बढिरहेको भन्दै दाहालले काम सम्पन्न हुँदै गर्दा महानगरको मुहार फेरिने बताउनुभयो ।

    समग्र महानगरको ट्रिटमेन्ट प्लान्टसहितको ढल निकासका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सहरका मुख्य सडक र राजमार्गमा रहेका बिजुली तथा टेलिफोनका तार भूमिगत प्रणालीमा व्यवस्थापन गर्ने कामको बोलपत्र आह्वानको प्रक्रियामा पुगेको छ । राप्ती र नारायणी नदीको कटान तथा डुबानलाई रोक्न तटबन्धका लागि रु छ अर्ब हाराहारीको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरिएको छ । यस आयोजना पनि छिट्टै सुरू गर्ने लक्ष्य रहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।

    उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको समन्वयका कारण ठूला परियोजना कोभिडको समयमा पनि रोकिन नपरेको बताउनुभयो । सबैको साथ र सहयोग रहेमा निर्माण भइरहेका र हुने चरणमा रहेका आयोजना समयमै सम्पन्न हुने बताउनुभयो । महानगरसँगै सङ्घीय र प्रदेशका सांसद, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र महानगरवासीको सहयोगका कारण यहाँ ठूला परियोजना सफल भएको र काम अघि बढेको ठकुरीको भनाइ छ । देशकै मध्य र महत्वपूर्ण भाग भएकाले महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । रासस

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.