• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर महानगरले दियो महानगरका ५ सरकारी बिद्यालयलाई स्कुल बस

"अबको ४ वर्ष भित्र निजी स्कुल छाड्ने लर्को लाग्ने महानगर प्रमुख रेनु दाहालको भनाई "

  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर १०,कविलास मावि भरतपुर २९,भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई स्कुल बस हस्तान्तरण गरेको होमहानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प्रदान गरेकी हुन् । रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो । अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालु आर्थीक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाई छ । महानगरले यस अघि बिद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो भने बिद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

    Advertisement

    महानगरको शिक्षाको स्तर सुधार गरि सामुदायिक बिद्यालयलाई अभिभावक र बिद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् ।  दाहालले यही स्थितिमा सरकारी बिद्यालयको शैक्षिक विकास हुँदै गए आगामी ४ वर्षमा निजि स्कुल छाडेर सरकारी बिद्यालयमा भर्ना हुने लर्को लाग्ने दावि गरीन् । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तर उन्नति देखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा जोड गरेको बताउदै दाहालले महानगरका निजि बिद्यालयभन्दा धेरै गुणा सरकारी बिद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी आफुहरु निरन्तर खटिएको बताईन । भरतपुरको नारायणी नमुना माविले चितवनकोनै ईज्जत राखेकोले महानगरका सबै बिद्यालयहरुको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पुर्याउन चाहेको दाहालको भनाई छ ।

    भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालले सुनाईन् । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ,आंगिक ईन्जिनियरिगं कलेज ,प्रहरी स्कुल , भरतपुर बहु प्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि यहि ल्याउन पहल गरिरहेको दाहालले बताईन् । बिद्यालयलाई हस्तान्तरण गरिएको स्कुल बसको सहि प्रयोग गर्न दाहालले आग्रह गरीन् ।

    भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बिद्यालयको शैक्षिक विकास संगै बिद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए । किशोरीहरुलाई साईकल बितरण,लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागी छात्रबृति प्रदान , दोन्द्ध प्रभावित बालबालिकाका लागी शैक्षिक सहयोग सामाग्री प्रदान ,अपागंता भएका बालबालिकाका लागी शैक्षिक सिकाई समाग्री लगाएतका अरु धेरै सेवा सबिधाहरु महानगरका तर्फबाट प्रदान भएको बताए । सरकारी बिद्यालयको शैक्षिक विकासका लागी महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६ सय बिद्यार्थीहरु सामुदायिक बिद्यालयमा भर्ना भएको उनले बताए । २०७६मा आर्थिक वर्षमा ३७ हजार बिद्यार्थी रहेकोमा बढेर ४२ हजार ५ सय पुगेका बताए । संख्यातमक बृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुदै जाने आफुहरुको अपेक्षा रहेको उनले बताए ।  थोरै बिद्यार्थी भएको बिद्यालयलाई मर्ज गर्ने निति महानगरको रहेको र मर्ज गर्दा बिद्यालय आउन समस्या हुने बिद्यार्थीहरुका लागी बसले धेरै सहजता हुने उनले बताए ।

    कार्यक्रममा नारायणी नमुना माध्यामिक बिद्यालयका प्राचार्य पुर्ण प्रसाद दवाडीले महानगर प्रमुख मेयर रेनु दाहाल र उहाँको टिमको सहि योजना र कार्यक्रमका कारण महानगरका सरकारी बिद्यालयको शिक्षाको स्तर बिकासमा धेरै सहयोग भएको बताए । यसले बिद्यालयको शैक्षिक स्तर बिकास देखी सरकारी बिद्यालयलाई प्रतिप्रर्दी बनाउन बिद्यार्थीको आक्रषण बढाउन सहयोग पुग्ने उनको भनाई छ । महानगरले स्कुल बस दिएपछि अभिभावक तथा बिद्यार्थीहरु खुसि भएका छन् ।

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.