• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

भरतपुर मेट्रो प्लाजाको निर्माण सम्झौता

"भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ १६ तलाको हुने  "

  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा। ली। बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि आईतबार निर्माण सम्झौता सम्पन भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र संचालन गरी सम्झौताको मितिले ३० बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । परियोजना निर्माण तथा संचालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको भन्दै यो परियोजनाले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

    Advertisement

    पछिल्लो समय नेपाली समाज सुविधा सम्पन्न मल तथा अपार्टमेन्ट प्रती आकर्षण बढिरहेको बताउदै यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्ने गौरभको आयोजना भएको बताइन् । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्स लाई आग्रह गरिन् । सो अवसरमा प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, ६ लेन सडक, स्मार्ट सडक लगायतका आयोजनाहरू सम्पन्न हुँदा भरतपुरको मुहार फेरीने बताईन् ।

    परियोजना निर्माण तथा संचालन सम्बन्धी संझौता कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना निर्माण सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई आग्रह गरीन् ।सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने बताए ।

    सम्झौता कार्यक्रममा चितवन उधोग संघका अघ्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहु तले व्यवसायिक भवन चितवनकै आईकोन परियोजना हुने बताउदै समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको थप परिचयको रूपमा रहने विश्वास व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडी बढाएको भरतपुर महानगर र आर्या बिल्डर्सलाई धन्यवाद ब्यक्त गरेका थिए । सो अवसरमा वडा न ३का वडाध्यक्ष चन्द्र मित्र पण्डित लामो प्रयासपछि आफ्नो वडामा विशाल परियोजना भरतपुर मेट्रो प्लाजा निर्माणको संझौता भएकोमा खुसी व्यक्त गर्दै आफू र वडावासीको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सो अवसरमा आर्या बिल्डर्स एन्ड ईन्जिनियरिङका प्रबन्धक जिवन कंडेलले भदौको पहिलो साताबाटै निर्माणको काम अगाडी बढाउने बताउदै दुई बर्ष भित्रैमा परियोजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अगाडी बढाउने बताए । निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ १६ तलाको हुने छ । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाईको रहने छ ।

    दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा ५ तारे होटल देखि सिनेमा हल ,फूट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् ।आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा १० कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।

    परियोजना निर्माण तथा संचालन सम्बन्धी महानगर र आर्या बिल्डर्का बिच आज संझौता भएको भन्दै यो परियोजना सम्झौता सम्म आईपुग्दा भिकोक एण्ड कम्पनिले समेत महत्वपूर्ण भूमिका खेलेको भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर भरत आचार्यले बताए ।परियोजना निर्माण सम्बन्धी बिस्तृत सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा र आर्य इन्जिनियरिङका तर्फबाट प्रबन्धक जिवन कंडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यो परियोजना संचालन गरी ३० वर्षमा महानगरले लिदा यो अवधीमा ८१ करोड राजस्व महानगरपालिकाले प्राप्त गर्ने छ ।सार्वजनिक निजी साझेदारी मोडलमा संचालन हुने यो परियोजना देशकै पहिलो र ठूलो रहेको महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बताए । २ अर्ब लागतमा निर्माण हुने परियोजना सम्झौता भएको मितिले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ भने ३० बर्षपछि महानगरपालिकालाई आर्या बिल्डर्सले हस्तान्तरण गर्ने छ ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.