भरतपुर/चितवनको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । यस अघि क्रमशः खुकुलो बनाईदै आएको निषेधाज्ञा संक्रमण बढ्दै गएपछि कडाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै साउन २४ गते रातीदेखि लागू हुने गरी निषेधाज्ञामा कडाई गरिएको हो ।
निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने छ । जारी आदेशमा खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवयवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाईने छ । यस्तै अन्य पसलहरु आईतबार, मंगलबार र बिहिबार दिउँसो १२ देखि ६ बजेसम्म सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ । निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाईने छ ।