भरतपुर/चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा चितवन प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको छ । चितवन उद्योग संघले आयोजना गरेको चितवनका प्रमुख जिल्ला अधिकारीस“ग परिचय तथा उद्योगीहरुबीच छलफल कार्यक्रम अन्तर्गत भट्टराईद्वारा प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको हो ।
चितवन उद्योग संघका अध्यक्ष, नेपाल उद्योग परिसंघका रािष्ट्रय परिषद् सदस्य, चितवन औद्योगिक विकास साकोसका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि भट्टराईले उद्योग क्षेत्रको प्रवद्र्धनका लागि आफू सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले चितवनका उद्योगीहरुले नयाँ–नयाँ उत्पादनहरुलाई प्रोत्साहन दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उद्योगको स्तर बढाउनुपर्ने समेत बताउनुभयो । चितवन उद्योग संघले अघि सारेका परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, औद्योगिक शिक्षालय, शक्तिखोर औद्योगिक क्षेत्रले चितवनको मात्र नभई देशकै गौरवको रुपमा परिचित हुँदै गएको उहाँको भनाई थियो ।
कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, गभर्निङ काउन्सिलका सदस्यहरु ताराप्रसाद पौडेल, सोमराज मरहट्टा, गुणाकर खरेल, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, संघका उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य विक्रम सापकोटा, मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, संघका सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु राशी लामा, युग राज वस्ती, नारायणप्रसाद सापकोटा, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, ईश्वरीप्रसाद रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे, युवा उद्यमी मञ्चका निर्देशक सुरेन्द्र कार्की, कालीका इकाई समितिका सदस्य चन्द्रकान्त सुवेदी, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत
, स्टोर किपर उमेश श्रेष्ठ, कार्यालय सहायक सावित्री पौडेललगायतको उपस्थिति रहेको थियो ।




