भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर २ बाट सन्चालन भएको ३ महिना (३९०) घन्टा को निशुल्क ब्यूटी पार्लर तालिम को समापन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण वहादुर श्रेष्ठ ज्यू अध्यक्ष ता तथा भरतपुर महानगरपालिका का उप प्रमुख पार्वती शाह ज्यू प्रमुख अतिथि रहनु भएको थियो तेस्तै यस तालिम को सम्योजक तथा महिला जनप्रतिनिधि वडा सदस्य धनकुमारी विश्वकर्मा अतिथि रहनु भएको थियो ।
कार्यक्रम सञ्चालन वडा सदस्य विष्णु अधिकारी ज्यू ले गर्नुभएको र मन्तब्य इन्दु श्रेष्ठ सृजना सोती उपप्रमुख ज्यू ले दिनु भएको थियो र कार्यक्रम को समापन मन्तव्य सहित कार्यक्रम का अध्यक्ष ज्यू ले गर्नुभएको थियो । समय यति छिटै बित्दो रहेछ ३ महिना कसरी गयो थाहा नै भएन सिक्ने र सिकाउने भन्ने कुरा कहिल्यै पनि सकिदैन सर्टिफिकेट लिएर मात्र हुदैन यस्को सहि उपयोग गर्न सिक्नु पर्छ आशा छ तपाईँ हरूले केहि गरेर देखाउनु हुनेछ । अगाडि बड्नु सबै लाई हार्दीक मंगलमय शुभकामना छ।





