नारायणगढ/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७६ मंसिर २७ गते आफ्नो दशौंैं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहयोगी संस्थाहरु जुनियर प्रहरी अधिकृत शिक्षालय, प्राङगारीक कृषि उत्पादन सहकारी संस्था, सहकारी क्षेत्रको प्रर्वद्धन र विकास पत्रकारिता मार्फत उल्लेख्य भुमीका खेल्ने पत्रकार संतोष देवकोटालाई सम्मान गरियो भने समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरे वापत प्रहरी दिवसका अवसरमा प्रदेश नं ३ का मुख्य मन्त्रिबाट सम्मान प्राप्त गर्ने संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरीयो ।
संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश नं ३ का माननिय विजय सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । यस औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, प्रदेश सभा सदस्य गिता वाग्ले, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री हरिश चन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका संचालक शंकर राजभण्डारी, उद्योग संघ चितवनका वरिष्ट उपाध्यक्ष राजु पौडेल विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मन्त्रि हरि पौडेल, जिल्ला वहुउदेश्यीय सहकारी संघका सचिव भिष्म खनाल, प्राईम बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मदन खरेल लगायत विभिन्न वैक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतित्थ्यतामा भएको कार्यक्रमका वक्ताहरुले हंसको बढ्दो आर्थिक कोरोबारका साथै विभिन्न सामाजिक क्षेत्रमा पुर¥याए योगदानको खुलेर प्रसंसा गर्नु भएको थियो ।
संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, अन्य उप समितिका संयोजक तथा सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, शेयर सदस्य तथा शुभ चिन्तक लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रमको संस्थाका सचिव लेखराज पन्त (हरि) ले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भयोे । संचालक सदस्य तेजनारायण खरेलको संयोजकत्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा रगत संकलनको लागि रक्त संचार केन्द्र भरतपुरको ६ जनाको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो ।




