• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा

"दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि "

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् ।
    सो अवसरमा किसानहरूको समस्यालाई मनन गरेर ३ रुपैंया नगद अनुदान दिने व्यवस्था गरेको बताउदैं उनले भरतपुर महानगर दुग्धमा प्रतिलिटर नगद अनुदान दिने स्थानिय तहमा पहिलो महानगर भएको बताईन् । महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिईरहेको बताईन् । प्रमुख दाहालले धान रोप्ने आधुनिक उपकरण, बिउ उत्पादन तथा प्रशोधनका लागी आधुनिक उपकरण, आधुनिक गोठ निर्माण सुघारमा अनुदान, जमिन जोत्न ट्रयाक्टर देखी कृषि उपज ढुवानीका लागि सवारी साधन समेत प्रदान गरिएको बताईन् ।

    Advertisement


    सिंचाईका लागि  डिप बोरिङ, स्यालो बोरिङका साथै कृषि सडक, मल बिउमा अनुदानका साथै ठूलो सिंचाई संजाल निर्माण गर्न महानगरपालिका लागिपरेको बताउदैं उनले यी सबै अनुदानहरू उत्पादकत्व र गुणस्तर बृद्धिका लागि भएकोले यसबाट अत्याधिक लाभ लिन महानगरपालिका भित्रका सम्पुर्ण किसान तथा सहकारी संस्थाहरूलाई आग्रह गरिन्। सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा न। १४ का वडा अध्यक्ष ओमप्रकास पोखरेलले महानगरपालिकाले राहत र अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि निर्माण नै अगाडी बढाएकाले आगामी दिनमा किसानले प्राप्त गर्ने अनुदान सोझै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन लागिपरेको बताए ।
    उनले भरतपुर महानगरपालिकाले गुणस्तरिय उत्पादन र उत्पादकत्व बृद्धि गर्न किसानलाई राहतस्वरूप अनुदानको निती लिएको बताए । वडा न। ६ का वडाअध्यक्ष हरीबिलास कोइरालाले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादनसँगै पशुपालन र दाना उत्पादन गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै महानगरपालिकाले प्रदान गरेको अनुदानको अधिक लाभ लिन किसानहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष भागिरथ तिमिल्सिनाले भरतपुर महानगरपालिकाले २५ पैसा प्रतिलिटर अनुदानबाट शुरु गरेको सकारात्मक पहल १ रुपैंयां हुँदै ३ रुपैंया पु¥याएकोमा महानगरलाई बधाई दिए ।

    उनले भने, ‘भरतपुर महानगर र यसको प्रमुखको यो कदमले आम उत्पादक किसानको मन जितेको छ, अनुदान उत्पादनकै आधारमा हुनुपर्छ ।’ उनले आवश्यकताका आधारमा अनुदानलाई प्रोत्साहित गरी उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिका पशुपंक्षी महाशाखा प्रमुख मेघराज ढकालले भरतपुर महानगरले अनुदान तथा कृषि क्षेत्रको समग्र विकासका लागि कार्यविधि बनाई पारदर्शी र व्यवस्थित बनाईएको बताउदैं दुग्ध उत्पादन बृद्धि र गुणस्तर विकासका लागि ३ रुपैंया अनुदान दिएको बताए । उनले दुग्धसंगै तरकारी, मत्स्य तथा मासु जन्य उत्पादनको क्षेत्रमा समेत महानगरले अनुदानका लागि काम गरिररहेको उल्लेख गरे ।  अन्नपूर्ण दुध सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले दुग्ध उत्पादक किसानहरूको समस्या बुझेर दुध उत्पादन किसानहरूलाई उत्पादनको आधारमा ३ रुपैंया प्रतिलिटर अनुदान दिने निर्णय गरेकोमा महानगर प्रमुख रेनु दाहाल, महानगरका जनप्रतिनिधी तथा महाशाखालाई बधाई दिए ।

    कार्यक्रममा किसान प्रगति सहकारीका अध्यक्ष लिला बहादुर भण्डारीले भरतपुर महानगरले दुग्ध उत्पादक किसान र समग्र कृषि क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनहरुमा पनि यसलाई अझैं बढाएर लैजानुपर्नेमा जोड दिए । उनले दुग्धमा दिईएको अनुदानले  किसानहरुमा ठूलो उत्साह जगाएको भन्दै अनुदानको सही सदुपयोग गुणस्तर बृद्धिका साथै उत्पादनलाई दोब्बर बनाएर लाभ लिन सहकारी तथा किसानहरूलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडाअध्यक्ष नारायण कुँवरले भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान बृद्धि गरी ३ रुपैंया पु¥याएकोमा पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दै कृषिकर्मका लागि अपरिहार्य मानिएको सिंचाईको प्रबन्ध मिलाईदिन आग्रह गरे ।

    नेपाली काँग्रेसका वडाअध्यक्ष सूर्य अधिकारीले दुग्ध बेच्ने किसानहरूको समस्या दुधमा ३ रूपया बृद्धि गरेर महानगरपालिकाले सम्बोधन गरेको बताए । एमालेका वडाअध्यक्ष रामनाथ अधिकारीले  भरतपुर महानगरपालिकाको मूल नेतृत्व मेयर दाहाल भरतपुरको समग्र विकासका लागि कम्मर कसेर लागिपरेको बताउदैं दुग्ध किसानहरुलाई दिईएको अनुदान ठुलो राहत बनेको विश्वास व्यक्त गरे ।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.