• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वरिष्ठ अर्थशास्त्री स्व. डा गोविन्द बहादुर थापाको ४५ औ पुण्य तिथीको अवसरमा स्मृतिसभा


  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं- वरिष्ठ अर्थशास्त्री स्वर्गिय डा. गोविन्द बहादुर थापाको ४५ औ दिनको पुण्य तिथीको अवसरमा शुक्रबार स्मृति सभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजना तथा अध्यक्ष सबिता अधिकारीको अध्यक्षतामा आयोजित उक्त सभा पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । फाउण्डेसनकी अध्यक्ष सविता अधिकारीले कार्यक्रमको प्रारम्भ गर्दै स्वर्गिय भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा अर्थविद् डा. गोविन्द बहादुर थापासँग प्रभावित भई आर्थिक सल्लाहकारका रुपमा रोज्नु भएको स्मरण गर्दै उनले आर्थिक सल्लाहकारको हैसियतमा निर्वाह गरेको भुमिका प्रशंसनिय रहेको बताइन् । त्यसैगरि, अध्यक्ष अधिकारीले थापाको निधनले फाउण्डेशन परिवार स्तब्ध बनेको धारणा राख्दै फाउण्डेशनका सल्लाहकारको हैसियतमा रहदै गर्दा थापाको अकल्पनिय निधन भएकोमा अभाव महशुश गरिएको स्पस्ट पारिन् । साथै, अधिकारीले स्व. थापा प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवार, भावविव्हल फाउण्डेसन परिवार, पार्टि पंक्ती र शुभेच्छुकमा धर्यधारण गर्ने शक्ती प्राप्तीको कामना गरिन । उक्त स्‍मृति सभा माझ प्रमुख अतिथीको आसनबाट बोल्दै पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले स्वर्गिय थापाको विगत र योगदान बारे स्मरण गर्दै नेपालको आर्थिक बिकासका लागि समाजवादको बाटो तय गर्नुपर्ने समयमा स्व भरतमोहन अधिकारीको सहयोगी र आफ्नो आर्थिक समुहको सदस्यका रुपमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । त्यसैगरि, नेता नेपालले स्व. थापाले पार्टि र देशलाई आर्थिक रुपमा सबल बनाउन तथा नागरिकको उत्थानका निम्ती अर्थविद्को हैसियतले वस्तुनिष्ठ तबरले योगदान पुर्याएको भन्दै मुक्तकण्ठले प्रशंसा गर्दै पछिल्लो समय सबै भन्दा बढि आवश्यकता महशुश भैरहेका बेला थापालाई गुमाउनुको पिडा बेग्लै रहेको उल्लेख गरे । नेता नेपालले पार्टि भित्र व्यक्तिवादी सोच हावी भएका कारण झण्डै दुई तिहाईको सरकार अवसानमा पुगेकोले आगामी दिनमा पार्टि पंक्तीलाई सामुहिकताको भावना अनुरुप अघि बढाउनुको विकल्प नरहेको बताए । भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनका प्रमुख संरक्षक समेत रहेका एमाले वरिष्ठ नेता नेपालले स्वर्गिय गोविन्द बहादुर थापा प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकमा समवेदना व्यक्त गरे । स्‍मृति सभामा विशिस्ट अतिथीको आसनबाट बोल्दै पुर्व अर्थमन्त्री एवम् नेकपाका नेता सुरेन्द्र पाण्डेले आफुसँग समेत विभिन्न कमिटिमा रहेर काम गरेकाले स्वर्गिय थापालाई नजिकबाट चिन्ने मौका मिलेको बताउदै उनको ज्ञान र अनुभवले पार्टिलाई ठुलो योगदान पुगेको स्मरण गरे । नेता पाण्डेले स्वर्गिय थापा कुशल अर्थशास्त्री हुनुका साथै निर्भिक नेता भएको पनि स्पस्ट पारे । त्यसैगरि, भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनका उपाध्यक्ष समेत रहेका नेकपा एमालेका नेता सोम प्रसाद पाण्डेले स्वर्गिय थापा र आफु २०५१ सालमा तत्कालिन अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको टिममा रहेर काम गर्दै गर्दा उनले देखाएको सैद्धान्तिक ज्ञान सहितको बौद्धिकता, भिजन र लगाव आदीबाट आफु प्रभावित रहेको बताए । साथै, उनले स्वर्गिय थापाका योगदानलाई डकुमेण्टेसन गर्न आवश्यक रहेको धारणा राख्दै स्वर्गिय थापा प्रति भावपूर्ण श्रद्धांजली प्रकट गरे । स्‍मृति सभामा बोल्दै अर्थविद् डा. केशव प्रसाद आचार्यले डा. थापासँग २०३६ साल देखी संगत शुरु भएको र उनीसँग लामो समयसम्म सहकार्य भएको स्मरण गर्दै उनी कुशल अर्थशास्त्री मात्र नभई कर्तव्यनिष्ठ अभिभावक, वाद्य वादक, एकदमै सक्रिय नेता, संवाददाता, स्तम्भकार रहेको पनि खुलासा गरे । स्वर्गिय थापाका सखा रामप्रसाद अधिकारीले स्व थापासँग २०३६ साल देखी मित्रता कायम भैसके पस्चात घनिष्ठ मित्रतामा परिणत भएको जनाउदै उनी अध्ययनशिल, लगनशिल, मिलनसार, सक्षम र निष्ठावान व्यक्तित्वको छविले ओतप्रोत रहेको स्मरणका साथ असल मित्र गुमाउनु पर्दा पिडाबोध भएको उल्लेख गरे । त्यसैगरि, प्राध्यापक डा. सुरवीर पौडेलले स्वर्गिय थापा आफना अत्यन्तै निकट सखा रहेको बताउदै २०२८ साल देखी उनीसँग चिनजान भएको र विद्यार्थी कालमा जल्दोबल्दो क्रान्तिकारी नेता भएकोले प्रहरीको तारो बन्ने गरेको स्मरण गरे । साथै, उनले स्वर्गिय थापा व्यवहारिक र होनहार अर्थशास्त्री रहेको र उनको निधनले मर्माहत तुल्याएको बताए । स्‍मृति सभा माझ बोल्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. दिपेन्द्र बहादुर क्षेत्रीले डा. थापा आफना सहपाठी भएको बताउदै उनी अर्थशास्त्रका अलवा साहित्य, संगित र लेखनी आदी कार्यमा रुचि भएका विलक्षण प्रतिभा रहेको स्मरण गरे । साथै, उनले थापा जनपक्षिय नेता भएको उल्लेख गर्दै डा. थापा अर्थशास्त्रका गोल्ड मेडलिस्ट भएता पनि तत्कालिन सत्ताले पुर्वाग्रह गरेको र जागिरे जीवनमा पनि अवरोध सिर्जना गर्ने गरेको जानकारी दिए । त्यसैगरि, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. चन्द्रमणि अधिकारीले आफुले २०५१ सालबाट स्वर्गिय थापासँग घनिष्ठ भएर काम गरेको र बजेट निर्माण एवम् आर्थिक नीति निर्माणका सवालमा उनीसँग घनिभुत छलफल हुने गरेको स्मरण गरे । साथै, उनले स्वर्गिय थापाले अर्थशास्त्रको ज्ञाताका रुपमा बौद्धिक, अनुशासित र लगनपुर्वक कार्य सम्पादन गरेको बताउदै उनको निधनले देशलाई अपुरणिय क्षति पुगेको उल्लेख गरे । स्वर्गिय थापाकी छोरी प्रसुती रोग बिशेषज्ञ डा. लक्ष्मी थापाले स्वर्गिय बुवा गोविन्द बहादुर थापाको योगदान बारे चर्चा परिचर्चा हुँदै गर्दा गर्व महशुश भएको बताउदै उनलाई गुमाउदै गर्दा पिडा महशुश भएको उल्लेख गरिन । साथै, उनले स्‍मृति सभा आयोजना गरेकामा भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन र पहलकदमी लिएकामा संस्थाकी संस्थापक लिमा अधिकारी प्रति आभार व्यक्त गरिन । स्‍मृति सभा माझ बोल्दै भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनकी संस्थापक लिमा अधिकारीले स्वर्गिय गोविन्द बहादुर थापा बौद्धिक व्यक्तित्व भईकन पनि सरल र सहृदयी रहेको स्मरण गर्दै उनलाई आफुले आफ्नै परिवारको सदस्यका रुपमा हेर्ने गरेको उल्लेख गरिन । त्यसैगरि, उनले स्वर्गिय थापाले आफ्ना पिताजी श्रद्धय नेता स्वर्गिय भरतमोहन अधिकारीको सारथीको रुपमा रहेर देश र पार्टिलाई मार्गदर्शन गर्दै पुर्याएको योगदान अतुलनिय रहेको बताईन् । साथै, उनले स्वर्गिय थापा प्रति श्रद्धांजली र शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दै स्‍मृति सभामा उपस्थित सबैमा धन्यवाद व्यक्त गरिन । सभा माझ स्वर्गिय थापाको स्‍मृति गर्दै दुई मिनेट मौन धारणा गरिएको थियो । भरतमोहन अधिकारी स्‍मृति फाउण्डेशनका सदस्य एवम् नेता भोला पोखरेलले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त सभामा स्वर्गिय थापाकी धर्मपत्नी इन्दिरा थापा, छोराहरु डा. विजय थापा, बसन्त बहादुर थापा, नेकपा एमालेका नेताहरु प्रकाश ज्वाला, सोम प्रसाद पाण्डे, गणेश पहाडी, महेश रेग्मी, साबित्री भुसाल, चुणामणी जंगली, रबिना खातुन, पेमल कुमार खनाल, टन्क कार्की, फाउण्डेशनका कोषाध्यक्ष सुदिप आचार्य, फाउण्डेशनका सल्लाहकारहरु, नेकपाका केन्द्रिय एवम् जिल्ला तहका नेता कार्यकर्ता एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । थापाको संक्षिप्त परिचय डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो । बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको रुपमा कार्य गरेका थिए । त्यस्तै उनले मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।

    Advertisement

    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.