• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण


  •   शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
  • भरतपुर/दोस्रो पटक चितवन मेडिकल कलेजले सफलतापूर्वक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । विगत ८/९ बर्षदेखि कलेजो रोगबाट पीडित भई प्रत्यारोपण विना थप जीवन लम्वाउन नसकिने अवस्थामा पुगेका जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नं. ९ का ४७ बर्षिय भरतविक्रम शाहीको असार १८ गते झण्डैं १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण भएको थियो । उहाँलाई धर्मपत्नी ४८ बर्षकी कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको हो ।

    Advertisement


    कलेजका विषेशज्ञ शल्य चिकित्सकहरू सर्जन डा. सञ्जय कुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्त कुमार शाह हेपाटोलोजी डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ Anesthesia & Critical Care डा. किरण अधिकारी, डा. नविन यादव, डा. सुरेश गौतम, डा. विरेन्द्र राउत रेडियोलोजिष्ट डा. दिपक अधिकारी डा. सुवास ओझा स्टाफ नर्स कमला क्षेत्री, प्रेङका पौडेल, सलिना तिवारी, सुमि कार्की बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अन्जु थापा, श्रृती यादव, नितु बस्नेत सुष्मा भुजेल अनिता भण्डारी लगायतको टिमले कलेजोको सफल प्रत्यारोपण गरेको हो । प्रत्यारोपणमा भारतबाट चिकित्सकहरु डा. निरभ गोयलको टिम समेत संलग्नता रहेको थियो ।
    श्रीमती शाहीको ६० प्रतिशत कलेजो उहाँको श्रीमान्मा ट्रान्सप्लान्ट गरिएको छ । डोनर (कमलादेवी शाही) को स्वास्थ्यमा सुधार पछि उहाँलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । श्रीमान भरतबिक्रम शाहीको अवस्था राम्रो हुँदै गैरहेको छ । अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत डिस्चार्ज गर्न सकिने अवस्था छ । २ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ । उहाँहरू दुबै जना सामान्य जीवन विताउन सक्नुहुन्छ ।
    काठमाण्डौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही २ साता अघि चितवन मेडिकल कलेज आएका थिए । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ ‘सी’ स्टेज मध्ये शाही ‘सी’ चरणमा पुगेका थिए । गत फागुनमा ‘सी’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो । उहाँको पेटमा पानी भरिएको र ठूलो थियो । अल्कोहलका कारण कलेजो बिग्रीएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो ।


    नेपालमै पहिलोपटक ‘पीभीटी’ भएको बिरामीमा प्रत्यारोपण
    चितवन मेडिकल कलेजमा दोस्रो कलेजो प्रत्यारोपण अघिल्लो भन्दा निकै जटिल रहेको थियो । प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ थियो । सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ । यसलाई Cirrhosis with Portal Vein Thrombosis (PVT) भन्ने गरिन्छ । कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको चितवन मेडिकल कलेजका प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. सजय कुमार यादव बताउनु हुन्छ । नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो । सोही कारणले कलेजमा गरिएको पहिलो प्रत्यारोपणमा भन्दा झण्डै तीन घण्टा बढि समय र थप व्यवस्थापन गर्नुपरेको थियो । यस्तो बिरामीको ‘पोष्ट अपरेटिङ’ पनि निकै चुनौतीपूर्ण हुन्छ ।
    प्रत्यारोपणका क्रममा झण्डैं १३ यूनिट रगत खर्च भएको थियो । अघिल्लो प्रत्यारोपणमा १÷२ युनिट रगतले नै पुगेको थियो । शल्यक्रियामा आवश्यक रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी चितवन शाखा द्धारा संचालित क्षेत्रीय रक्त संचार केन्द्र भरतपुर चितवनका रमेश पौडेल तथा रगत रोग विशेषज्ञ डा. विपिन नेपाल चितवन मेडिकल कलेजमा नै रक्तदान गर्ने सबै दाताहरूलाई कलेजको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुहुन्छ ।

     

    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.