• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

बेलायतका सामाजिक संघसंस्था भन्छन्, ‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • लण्डन/बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् । समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध सामाजिक संघ संस्थाका प्रमुखहरुसँग शनिबार आयोजना गरेको भुर्चुअल अन्तरक्रियामा सहभागी भई धारणा राखेका दुई दर्जन भन्दा बढी संस्थाका प्रमुखहरुले कार्य क्षमता, अनुभव र कार्यशैलीका कारण गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका हुन् ।

    Advertisement

    मगर संघ यूकेका अध्यक्ष सुनिल रानाले खस्किँदै गएको एनआरएन यूकेको साख प्रेम गाहा मगरले नै पुनर्स्थापित गर्न सक्ने बताए । ‘एनआरएनको सुधारका लागि प्रेमको अनुभव उपयोगी हुन्छ, उनले भने । आदिवासी जनजाति महासंघ, यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले केही व्यक्तिहरुले एनआरएनलाई आफ्नो कब्जामा राख्न खोजेको बताउँदै एनआरएनलाई साझा संगठनको रुपमा स्थापित गर्न पनि गाहा मगरलाई विजयी बनाउनुपर्ने बताए । गुल्मी समाजका अध्यक्ष टोप पल्ली मगरले दुई कार्यकाल उपाध्यक्ष भइसकेको व्यक्तिलाई निर्विरोध अध्यक्ष बनाउन सकेको भए राम्रो हुने थियो भन्दै निर्वाचन नै भए पनि राम्रो व्यक्तिलाई चयन गर्नुपर्ने बताए । ‘संस्थागत समर्थन’ सिर्जनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जीले प्रेम गाहा मगर नेतृत्वको समावेशी टिमलाई संस्थागत रुपमा नै समर्थन रहेको जानकारी दिए । स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङले एनआरएनलाई प्रेम गाहा मगर नभई नहुने व्यक्ति रहेको भन्दै निर्वाचनमा धाँधली गर्न खोज्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्नु पर्ने बताए । त्यस्तै, गोरखा समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगरले नेपालमा जस्तै राजनीति यूकेमा पनि गर्न खोजिएको भन्दै राम्रो काम गरिरहेका व्यक्तिलाई अवसर दिनुपर्ने बताए ।

    गुल्मी समाजका संस्थापक अध्यक्ष ओम थापाले संयमित भएर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै निर्वाचन समितिका बारेमा चनाखो हुनुपर्ने बताए । अन्तरक्रियामा समाजसेवी डेभिड गुरुङ, रोड सेफ्टिी कोआर्डिनेटर थर्क सेन, समाजसेवी रणध्वज राना, एनआरएन यूके कार्य समिति सदस्य ज्ञानेन्द्र आले लगायतले पनि प्रेम गाहा मगर जस्तो अनुभवी र संस्थाको सुधारका लागि प्रयासरत व्यक्तिलाई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए । कार्यक्रममा समावेशी समूहका चुनावी अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले धाँधली गर्न पल्केकाहरुले हरेक चरणमा समस्या मात्रै सिर्जना गरेको बताए । पहिले सदस्यता अभियान शुरु भएदेखि नै केही व्यक्तिहरु धाँधलीको प्रयासमा लागेको र निर्वाचन समिति गठनबाट त्यसको पुष्टि भएको बताए । संभावित धाँधली रोक्दै निर्वाचन सफल पार्न लाग्नुपर्ने उनको भनाइ थियो । एनसीसी यूकेका उपाध्यक्षद्वय सुनिलबाबु खड्का र नारायण कँडेलले एनआरएनएलाई पारदर्शी बनाउँदै वास्तवमै सबैको साझा संस्था बनाउने अभियानमा आफूहरु लागेकाले साथ दिन बेलायतवासी सबै नेपालीहरुलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण अभियानका सदस्य सचिव रुद्र थापाले गरेका थिए भने अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले एनआरएनए युकेलाई बेलायत स्थित सबै नेपाली अटाउने संस्था बनाउने उद्देश्यले आफुले उम्मेदबारी दिएको बताए । आफु निर्वाचित भएमा सबै संस्था हरु संग सहकार्य गर्ने र समाज का अगुवा हरुको सुझाव र सल्लाह का आधार मा अगाडी बढ्ने वाचा पनि उनले गरे। एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न आगामी ३१ जुलाईमा चुनाव हुँदै छ।

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.