• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जागे चितवनका अधिकारकर्मी


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • चितवन/पछिल्लो समय चितवनमा श्रृखलाबद्ध रुपमा आपराधिक क्रियाकलापहरु बढ्दै गइरहेका छन् । घटनाको सन्र्दभमा सामाजिक सञ्जालमा तथ्यभन्दा अनुमानकारिता उत्तिकै बढ्दो छ । आफुलाई सामाजिक अभियन्ता हु भन्दै आफै प्रचार गर्नेहरु युटुवर बोकेर वास्ताविकता नबुझि भीडको पछाडी दौडिरहेका छन् । युटुवमा समाजलाई नै नकरात्मक प्रभाव पार्नेगरि मानवीय संवेदनशीलताको ख्याल नै नगरी घटनालाई तोडमोड गर्ने र अतिरञ्जीत बनाउने क्रम बढ्दो छ । यसले गर्दा एकातिर घटनाको वास्ताविता बाहिर आउन सकेको छैन भने अर्कोतिर अधिकारकर्मीहरु समयमै खवरदारी गर्न चुकिरहेका छन् । चितवनमा पछिल्लो समयमा मर्न बाध्य बनाइने अर्थात आत्महत्या दुरुस्साहनका मुद्धा बढिरहेका छन् । नेपालभरीको तथ्याकं हेर्दा चितवनमा नै सबैभन्दा बढी आत्महत्या दुरुत्साहनका मुद्धा रहेको प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले बताउनुभयो ।

    Advertisement

    श्रृखलाद्ध घटना,अनुसन्धान फितलो
    जिल्लामा कञ्चन तिमिल्सेनाको बिष सेवन गरी मृत्यु भयो । कञ्चनलाई उनकी प्रेमिकाले विष खान बाध्य बनाइएको बताइयो तर यस घटनाको तथ्य अहिलेसम्म बाहिरिएको छैन । कञ्चनपछि सविता भण्डारीको रहस्यमयी तवरले मृत्यु भयो ।उनलाई आफ्नै ससुराले यौन दुव्यवहार गरि आत्महत्या गर्न बाध्य बनाइयो भनियो तर यसको पनि वास्तविता बाहिर आउन सकेको छैन । सविताको घटना उत्कर्षमा पुगिरहेकै समयमा पार्वती भट्टराईको किरियामा बसेको बेला रहस्यमयी तवरले मृत्यु भयो । उनलाई परिवारले नै जिउंदै जलाएको भनियो करिब ८० प्र्रतिशत शरिर जलेको अवस्थामा उनको लास भेटियो तर घटनाको वास्तविकता अझै सार्वजनिक भएको छैन । यी घटनाहरु सेलाएका थिएनन् फेरी राप्ती नगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारी बेपत्ता भएको नौ दिनपछि रहस्यमयी तवरले मृत्यु भएपछि यतिबेला चितवन तातेको छ । मृत अवस्थामा सुजिता भेटिनु अघिल्लो दिन फेरी चितवनबाटै गैडाकोटकी २१ बर्षिय बिना सापकोटा हराइरहेकी छिन् । उनको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । यस्ता घटनाको बारेमा बास्तविता पत्ता लाग्न नसक्दा समाजमा अपराध बढ्दो छ । एकातिर यी र यस्ता घटनालाई लिएर गरिने अनुमानकारिता अर्कोतिर घटनालाई तोडमोड गरि सामाजिक सञ्जाल अर्थात युटुवमा राखिने विषयबस्तु । यस्ता प्रवृतिले अहिले मानिसको मानसिकता नै नकरात्मकतातिर गइरहेको छ ।


    जागे अधिकारर्मी
    समाजमा हत्या, हिंसा, बलत्कार र अपहरण जस्ता गम्भिर प्रकृतिका घटनाहरु बढ्न थालेपछि जिल्लाका अधिकारकर्मीहरु एक ठाउंमा जम्मा भई घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्न प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । करिब ३० बर्षदेखि अधिकारको क्षेत्रमा क्रियाशिल महिलाअधिकारकर्मी मीना खरेलको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था र विभिन्न पेशामा रहेर अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरुले प्रहरी प्रमुखसंग बैठक गरि ध्यानकार्षण गराएका हुन् ।
    आर्दश नारी विकास केन्द्रकी अध्यक्ष एवं यौनजन्य हिंसा विरुद्ध चितवनकी संयोजक महिला अधिकारकर्मी मीना खरेलले आफुहरुको उद्धेश्य अनुसन्धानलाई स्वतन्त्र हिड्न दिने र सघाउने नै भएको बताउनुभयो । उहाँले चरणबद्ध रुपमा घटना भइरहेपनि प्रहरी प्रशासन दोषि पत्ता लगाई सार्वजनिक गर्न चुकिरहेको भन्दै यस विषयमा गम्भिर भएर आपराधिक क्रियाकलाप रोक्नतर्फ लाग्न प्रहरीको ध्यानाकर्षण गराउनुभयो । “ हामी पनि अनुसन्धानलाई स्वतन्त्र हिड्न दिने र सघाउने पक्षमा नै छौ उहाँले भन्नुभयो , अनुसन्धान निष्पक्ष स्वतन्त्र र सुक्ष्म हुनुपर्यो । उहाँले प्रहरीले सुजिता लगातयका घटनाको बास्तविता छिटोभन्दा छिटो नागरिकसामु सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।” सामाजिक अभियन्ताको पगरी कुदेर समाजलाई अतिरञ्जित बनाउनेको पक्षमा आफुहरु नरहेको बताउंदै उहाँले जिल्लामा काम गर्ने अधिकारकर्मीहरु पनि यस विषयमा सचेत हुन आवहन समेत गनुर््भयो ।


    चितवनको पहिलो महिला अधिवक्ता फुलमाया रानाभाटले सुजिता प्रकरण लगायतका घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । “महिला किशोरी तथा बालिकामाथि श्रृखलाबद्ध रुपमा अपराधका घटना भइरहेका छन् उहाँले भन्नुभयो, यस्ता अपराधीक क्रियाकलापको शिकार हुनबाट जोगाउन सुरक्षा निकाय न्यायिक परिणाम निकाल्न अग्रसर बनोस् । ”
    यौनजन्य हिंसा विरुद्धको अभियान चितवनकी सहसंयोजक संगिता भट्टराईले प्रहरीलाई जनतालाई विश्वस्त पार्नेगरी परिणाममुखि काम गर्न र अनुसन्धानलाई तिव्र पार्नुपर्ने उल्लेख गर्नुभयो । यस्ता घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्छ उहाँले भन्नुभयो ।
    अधिवक्ता कल्पना उप्रेतीले कानुनी राज्यको अनुभुत हुनेगरि नतिजा आउनुपर्नेमा जोड दिनुभयो । यस्तै अधिकारकर्मी कल्पना पौडेलले प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै घटनाका दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याउन माग गर्नुभयो ।
    अधिकारकर्मीहरुको समुहले आज सुजिता भण्डारीको न्यायको माग गर्दै भरतपुरको चौविसकोठीमा प्लेकार्ड सहित प्रर्दशन समेत गरेको थियो ।
    पछिल्ला घटनाक्रमका विषयमा आज जिल्लास्थित सामाजिक संघसंस्था तथा अधिकारकर्मीको समुहले चितवनका प्रहरी प्रमुख ओमप्रकाश अधिकारीसंग छलफल गरेका छन् । छलफलका क्रममा प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले आपराधिक घटना रोक्न प्रहरी प्रशासन लागिरहेको बताउनुभयो । उहाँले घटनापछि गरिने हिंसात्मक आन्दोलनले अनुसन्धानलाई नै प्रभाव पारेको बताउनुभयो । “सुजिता प्रकरणमा अनुसन्धान जारी छ, उहाँले भन्नुभयो हिजोदेखि नै लाग्न पाएको भए अनुसन्धान धेरै माथि पुग्थ्यो तर हिजोको आन्दोलनले २४ घन्टा ढिला भयो ।” गैडाकोटको विना सापकोटाको खोजीमा पनि प्रहरीले मेहनत गरिरहेको र अनुसन्धान जारी रहेको उहाँको भनाई थियो । घटना भइसकेपछि वास्तविकता नबुझि गरिने प्रचारले मानिसहरु थप उत्तेजित भई आपराधिक मानसिकता बढेको प्रहरीको ठम्माई छ । “आज मात्रै सौराहामा महिलाको लाश भेटियो भनेर सामाजिक सञ्जालमा आएको छ, प्रहरीलाई थाहा छैन, यस्ता अनावश्यक कुराले समाज कता जादैंछ?”
    सिसि क्यामरा विग्रदा अपराध बढ्यो
    चितवनमा अपराध बढ्नुको अर्को कारण सीसीक्यामराले नहुनु पनि हो । जिल्लामा राखिएका झण्डै ७० वटा सिसि क्यामरामा अहिले २० वटाले पनि काम गर्ने अवस्था नभएको प्रहरीले जनाएको छ । “नारायणगढको सिसि क्यामरा अधिकाशं विग्रिएको अवस्थामा छ उहाँले भन्नुभयो आउटपुट मात्र खोजेर भएन इनपुटमा पनि ध्यान दिनुपर्यो । अनुसन्धान दुरुस्त र समयमै चाहने हो भने तुरुन्त सिसि क्यामराको मर्मत गर्नुपर्ने प्रहरीको भनाई छ । राप्तीको घटनामा पनि हाइवे छ सीसी क्यामरा छैन यसले गर्दा हाइवेमा हुने दुर्घटनाको अनुसन्धानमा समेत महिनौ लाग्ने गरेको प्रहरी प्रमुखको भनाई छ । हामी घाँस हाल्दैनौ दुध खोजिरहेका छौ प्रहरी प्रमुख अधिकारीको भनाई छ ।
    सीसी क्यामरा मर्मतका लागि प्रहरीले भरतपुर महानगरमा लिखित रुपमा निवेदन पेश गरेको र मेयर समस्या समाधानमा सकरात्मक रहेको समेत उहाँले जानकारी दिनुभयो । महिलाअधिकारकर्मी मीना खरेलले सुरक्षा र विकास जोडिनुपर्ने बताउनुभयो । सुरक्षा एकातिर विकास अर्कोतिर हुदाँ अपराध बढिरहने भन्दै उहाँले सीसी क्यामरा मर्मतको विषयलाई गम्भिर रुपमा सोच्न स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।
    यसैबीच, जिल्लास्थित सामाजिक संघसंस्थाहरुको तर्फबाट आज संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध रुपमा महिलामाथि आपराधिक घटनाहरु बढ्दै जानु र दोषीलाई कानुनी कठघरामा ल्याउन नसक्नु साथै सुरक्षा निकायले न्यायिक परिणाम निकाल्न नसक्दा आपराधिक क्रियाकलाप मौलाउंदै गइरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका छन् । यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक मीना खरेल र सहसंयोजक संगिता भट्टराई द्धारा हस्ताक्षरित विज्ञप्तीमा देशको विभिन्न भागमा महिलामाथि अनेक प्रकृतिका हत्या हिंसा र बलत्कारका घटनाहरु बढिरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
    चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षीय युवती सुजिता भण्डारी नौ दिनसम्म बेपत्ता भई मृत अवस्थामा फेला पर्नु घटना रहस्यमय बनाएको छ साथै यस घटनाले गम्भिर आशंकाहरु जन्माएको छ विज्ञप्तीमा भनिएको छ । सुजिता स्वयम्ले आफु अपहरणमा परेको सुचना समयमै दिएपनि खोजी कार्य फितलो हुनु र अनुसन्धानले परिणाम हासिल गर्न नसक्नुले घटना थप रहस्यमय बन्दै गइरहेको छ ।
    हामी सुजिता भण्डारी प्रकरणको यथाशीघ्र निष्पक्ष, स्वतन्त्र र सुक्ष्म अनुसन्धान मार्फत घटनामा संलग्न दोषीको पहिचान गरि जतिसक्दो छिटो सार्वजनिक गर्न र यस्ता घटनाहरु पुनः दोहोरिन नदिनका लागि कडा सुरक्षा व्यवस्था गर्न र दोषीलाई हदैसम्मको सजाय गरी पिडितलाई न्यायको अनुभुति दिलाउन ध्यानाकर्षण गराउंदछौ विज्ञप्तीमा उल्लेख छ ।
    यसैबीच, अधिकारकर्मीहरुले चितवनबाटै गैडाकोटकी २१ बर्षीय बिना सापकोटा हराइरहेको र आजसम्म पनि फेला पार्न नसकेकोले निजको अवस्था पत्ता लगाई जीवन रक्षाको लागि सुक्ष्म अनुसन्धान गर्न समेत जोडदार माग गरेका छन् ।

     

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.