• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल २ नं. प्रदेश संगठन कमिटीले २ नं. प्रदेश सरकारका सामाजिक बिकास मन्त्रीलाई ज्ञापन पत्र पेश


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • जनकपुरधाम/राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल २ नं. प्रदेश संगठन कमिटीले आज २ नं. प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय नवलकिसोर साहलाई एक ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement


    सौन्दर्यकर्मीहरु फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने स्वरोजगार श्रमिक भएको र कोरोना कहरका कारण यो क्षेत्रका श्रमिकलाई घरभित्र बन्दी बनाएर राखिएकाले स्वरोजगार क्षेत्रको एउटा ठूलो हिस्सा आफ्नो कामबाट बन्चित हुनुपरेको हुदा आर्थिक समस्याका कारण हात मुख जोड्न गाह्रो भएकाले यो क्षेत्रका श्रमिकलाई अबिलम्ब कोभिड भ्याक्सिनको व्यबस्था गरि आआफ्नो काममा फर्काइयोस ।, लामो समय व्यबसाय बन्द गर्नुपरेका कारण घरभाडा खप्टिएर तिर्न नसक्ने अबस्थामा पुगेको छ , बैकका ऋण तथा ब्याज खप्टिएको छ यी सबै कुराको यथोचित सम्बोधन गरियोस ज्ञापन पत्रमा भनिएकोछ ।


    प्रदेश अध्यक्ष सुमित्रा सापकोटा र सचिव शुष्मा श्रेष्ठ द्वारा हस्ताक्षरित ज्ञापनपत्र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सचिव अञ्जु गुरुङ्ग, २ नं. प्रदेश अध्यक्ष सुमित्रा सापकोटा , उपाध्यक्ष प्रतिमा लामिछाने, सचिव शुष्मा श्रेष्ठ आर्थिक सचिव सपना मगर,जिफन्ट २ नं. प्रदेश उपाध्यक्ष रामनरेश सिंह लगायतको उपस्थितिमा सामाजिक बिकास मन्त्री माननीय नवलकिसोर साहलाई बुझाइएको हो ।
    ज्ञापनपत्रको पुर्णपाठ यसप्रकार रहेकोछ :

    मिति :- असार २३, २०७८
    बिषय :- ज्ञापन पत्र ।
    श्रीमान माननीय मन्त्री ज्यू
    सामाजिक बिकास मन्त्रालय
    प्रदेश नं. २
    जनकपुरधाम, नेपाल ।

    महोदय,
    माननीय मन्त्रीज्यू, वर्तमान समयमा सारा संसार नोभल कोरोना भाईरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणबाट प्रताडित बनेको छ । यसको समाप्ति कसरी र कहिले हुन्छ कसैले पनि भन्न सक्ने अवस्था छैन । त्यसैले आजको आधुनिक समाजका हरेक मानिस गम्भीर पिडा र भयमा बाँच्न विवस बनेको अवगत नै छ ।
    सदस्य संङ्ख्याको आधा।रमा नेपालको सबैभन्दा ठूलो महासंघ नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, सौन्दर्यकलालाई पेशा बनाएर जीवन निर्वाह गरीरहेका साना स्वरोजगार तथा पारिश्रमिकमा काम गर्ने महिला श्रमिकहरूको संगठन हो । हाम्रो संगठनमा सात वटै प्रदेशका सौन्दर्यकला पेशामा संलग्न रहेका उद्यमशील स्वरोजगार तथा पारिश्रमिकमा काम गर्ने श्रमिक आवद्ध रहेको कुरा माननीय मन्त्रीज्यूलाई जानकारी गराउन पाउंदा हामीलाई खुसी लागेको छ ।
    नेपाल राज्यभर सौन्दर्यकला पेशामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ३ लाखको संख्यामा महिला श्रमिक सक्रिय रहेका छौ भने यस प्रदेशमा करिब ५० हजारको संख्यामा महिला श्रमिक सक्रिय रहेका छौ । यो पेशाकर्मीका आश्रीत परिवार र यो पेशा संग सम्बन्धीत पेशाकर्मी समेत गरेर यो प्रदेशमा करिव ४ लाख जनसंख्याको यस पेशाबाट निर्बाह चलेको छ ।
    यति ठूलो संङ्ख्यामा महिला श्रमिक संलग्न भएबाट स्पष्ट हुन्छ की सौन्दर्यकला क्षेत्र पनि रोजगारीको एउटा महत्वपूर्ण क्षेत्र हो । तर अहिलेको विषम परिस्थितिले यो पेशा अत्यन्तै गम्भीर संकटमा पुगेको छ । हामीले यो पेशाबाट केवल आफ्नो जीवन मात्र निवार्ह गरेका छैनौ स्वदेशमा रोजगार सृजना तथा स्वरोजगार बन्न महिलाहरूलाई उत्प्रेरित गर्दै सिप सिकाउने काम पनि गर्दै आएका छौ । यसबाट देशको बेरोजगारी न्यूनिकरण गर्न तथा काम नपाएको कारण वैदेशिक रोजगारीमा जान वाध्य हुने अवस्थालाई कम गर्न थोरै भए पनि सहयोग पुर्‍याई रहेका छौ ।
    माननीय मन्त्री ज्यू, यो पेशालाई आम मानिसले विलासिताको दृष्टिकोणबाट हेर्ने सतही बुझाई छ । जुन गलत छ । वास्तवमा यो पेशामा एकल महिला तथा साधारण लेखपढ गरेकादेखि उच्चशिक्षा हासिल गरेका महिलाहरुको संग्लनता रहेको र यसैबाट आआफनो घर व्यबहार र जीबिका चलाइरहेको कुरा स्पष्ट गर्न चाहन्छौ ।
    कोभिड १९ को कारण यति ठूलो महिला श्रमिक सक्रिय रहेको यो पेशा सधैका लागि धरासायी हुने अवस्थामा पुगेको छ । त्यसैले यो पेशालाई धरासाय हुनबाट जोगाउन सरकारले विशेष कार्यक्रम बनाउन आवश्यक छ । संघीय सरकारले आ.व. २०७८/२०७९ को वजेट वक्तव्यमा व्यवसाय दर्ता प्रमाण पत्र स्वत नबिकरण हुने र व्यवसाय कर छुटको घोषणा गरेबाट थोरै राहतको अनुभूति त भएको छ । तर यसबाट मात्र यो पेशाको संरक्षण हुने सम्भावना अति नै न्यून रहेको छ । त्यसैले प्रदेश सरकारबाट देहाय वमोजिमको विशेष प्याकेज घोषणा गरियोस् भनी माननीय मन्त्रीज्यू समक्ष राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल २ नं. प्रदेश कमिटीको तर्फबाट यो ज्ञापन पत्र पेश गरेकाछौ ।
    १. खोपको व्यवस्था
    यो पेशा प्रत्यक्ष रुपमा जनसम्पर्कमा रहि काम गर्नु पर्ने तथा स्वास्थ्यसंग समेत सम्बन्धित रहेको छ । त्यसैले पेशा सञ्चालन गर्नपूर्व नै सौन्दर्यकला पेशामा संलग्न श्रमिकहरूलाई प्राथमिकतामा राखेर अविलम्व खोपको व्यवस्था गरियोस् ।
    २. घर भाडा सम्बन्धमा :-
    यो व्यवसाय सञ्चालन गर्न सरकारले अनुमति नदिएसम्मका लागि सौन्दर्यकलाकर्मीहरूका लागि विशेष राहत प्याकेज घर भाडामा छुट सहुलियत सरकारको तर्फबाट उपलब्ध गर्न माग गर्दछौ ।
    ३. बैक ब्याज सम्बन्धमा :-
    सौन्दर्यकला संग सम्बन्धित व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट लिएको ऋणको व्याज तिर्ने समय एक वर्षको लागि थप गर्न तथा व्याज रकममा छुटको व्यवस्था गर्न माग गर्दछौ ।
    ४. कोभिड १९ बाट संक्रमित भई मृत्यु भएमा त्यस्ता सौन्दर्यकर्मीहरूको नाबालक बालबालिकाको लागि निशुल्क स्वाथ्य तथा औषधी उपचारको व्यवस्था गरियोस् भनी माग गर्दछौ“ ।
    ५. सौन्दर्यकला पेशामा संलग्न श्रमिक कोभिड १९ बाट संक्रमित भएमा निशुल्क औषधी उपचारको व्यवस्था गरियोस् ।
    ६. कोभिड १९ को कारण सौन्दर्यकला पेशा सञ्चालन गर्न नसकी विस्थापित भएकाहरूलाई वैकल्पीक रोजगारीमा रुपान्तरण गर्न निःशुल्क सीप विकास तालिमको व्यवस्था गरियोस् ।
    ७. कोविड १९ संक्रमणका कारण मृत्यु भएको सौन्दर्यकर्मीका आश्रित परिवार लाई राहत तथा नाबालक बालबालिकाको लागि निःशुल्क औषधि उपचार तथा शिक्षाको व्यवस्था गरियोस् ।
    ८. सौन्दर्यकला सम्बन्धी सीपयूक्त दक्ष जनशक्ति निर्माण गर्न नेपाल सरकारले सरल तथा सहज रूपमा कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको प्रतिनिधि रहने गरी कार्यदल गठन गरियोस भनी माग गर्दछौ ।

    सहयोगको अपेक्षा सहित धन्यवाद ।

     

    सुमित्रा सापकोटा
    अध्यक्ष

    सुष्मा श्रेष्ठ
    सचिब

     

     

     

     

     

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.