• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

भरतपुर १९ शारदानगरमा महानगरले स्थापना गर्यो १५ शय्याको आफ्नै अस्पताल

"५० शय्याको अस्पतालका रुपमा विकास गर्ने महानगरको योजना "

  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • चितवन । देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । जनताको प्रमुख आवश्यकताका बस्तुहरु, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, लगायतका चिजको सहज उपलब्धता बनाउदै लगेको छ । कोरोनाको महामारीमा नागरिकलाई निशुल्क कोरोना उपचार देखी गाउँगाउँमा अस्पताल स्थापनामा महानगरका जनप्रतिनिधि सक्रिय रहेका छन् । केहि दिन अगाडी मात्रै शिवनगरमा १५ शय्याको आफनै अस्पताल स्थापना गरेको महानगरले पुन भरतपुर महानगर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आईतबारबाट सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्धघाटन गरीन् ।

    Advertisement

    आफनै अस्पताल बनाउन पाउदा खुसि छौ ः मेयर दाहाल

    पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसि लागेको महानगरका प्रमुख दाहालको भनाई थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरुबाट यहाँ सेवा दिन थालिएको छ ।

    अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यो अस्पताल महानगरले स्थाई अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानियलाई धेरै लाभ हुने दाहालको भनाई छ ।

    स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताईन् । शिबनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिईरहेको दाहालको भनाई थियो ।

    कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाई छ ।

    संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्न महानगरले चाहेपनि संघिय सरकारले त्यहा बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाई छ । अहिलेपनि आँफुहरुले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खवरदारी गरिराखेको उनको भनाई थियो । महानगरमा जतिपनि स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरु छन् तिनिहरुको विकासमा महानगर लागि रहेको पनि दाहालले बताउनु भयो ।

    ५० बेडसम्म पुर्याउछौ ः उपमेयर

    भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसि लागेको बताइन् ।

    १५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने उनको भनाई छ । महानगरले पहिलो प्राथमिक्ताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरीक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको भनाई थियो ।

    पश्चिम चितवनको विकास मेयरको मुख्य एजेण्डा ः अरुण पीडित

    महानगर प्रवक्ता अरुण पीडित भण्डारीले महानगर प्रमुख रेनु दाहाल पश्चिम चितवन क्षेत्रको विकासमा निकै सक्रिय भएर लाग्नु भएको र पश्चिम चितवनमा शिक्षा स्वास्थ्य पुर्वाधार सबै क्षेत्रमा तिव्र विकास भएको बताए ।

    मेयर दाहालले पश्चिम चितवन क्षेत्रमा देखिएका सामान्य भन्दा सामान्य समस्या समेत समाधानमा सक्रिय हुनुभएको र उहाँकै कारण पश्चिम चितवनले विकासमा फड्को मारेको दाबी गरे ।

    भएकै पुर्वाधार र जनशंक्तिमा राम्रो सेवा दिउ ः खतिवडा

    त्यस्तै महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले अहिले लाई कोभिड अस्पतालका रुपमा स्थापना भएपनि पछि कोभिड नहुँदापनि यसलाई दिगो अस्पतालका रुपमा महानगरले विकास गरेर लाने बताए । नागरिकलाई भएकै पुर्वाधार र जनशक्तिबाट भरपुर रुपमा सेवा दिन उनले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । नागरिकबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न उनको आग्रह छ ।

    बचनमा पक्का हुनुस् ः वडा अध्यक्ष गुरुङ

    सो अवसरमा अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर गुरुङले अस्पतालको विकासमा मेयर तथा उपमेयरबाट आएको प्रतिबद्धताले उत्साही बनाएको बताए । अध्यक्ष गुरुङंले भने “मेयर र उपमेयर बाट जुन प्रतिवद्धता आएको छ । यसलाई चाडै नै कार्यान्वयन होस् नत्र भने मेयर र उपमेयरले सहयोग गर्ने भनेका थिए वडा अध्यक्षले काम गर्न सकेन भनेर जनताले मलाई गालि गर्छन त्यसैले बोलेको कुरा चाडै पुरा होस ” उनले सबै नागरिकले अस्पतालको विकासमा सहयोग गर्न आवश्यक रहेको बताए । आगामी दिनमा यहाँको जनशक्ति पुर्वाधार उपकरण लगायतका आवश्यक कुराहरुमा सहयोग गरिदिन महानगर प्रमुख रेनु दाहालसंग आग्रह गरे ।

     

    सो अवरमा दाहालले बखान सहकारी संस्थाको निर्माणाधीन भवनको निरिक्षण गर्दै निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् भने शारदानगरमा निमार्णाधिन पार्कको समेत निरिक्षण गरेकी थिईन ।

     

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.