• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

रत्ननगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक

"कोरोना खोप खरिद देखि किसानलाई अनुदानमा गाई वितरण सम्म "

  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • रत्ननगर/चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८/७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो । नगर प्रमुख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरबासीलाई कोरोनाबाट जोगाउन कोरोना खोप खरिद, मागमा आधारित कृषकलाई गाई वितरण,नगर प्रमुख उद्यमशिलता कार्यक्रम, नगर प्रमुख विशेष कोष,नगर उपप्रमुख संग महिला,सार्वजनिक जग्गा संरक्षण घेराबार कार्यक्रम,रत्ननगर १६ मा पर्यटकीय पार्क निर्माण, टिकौलीचौरमा कृष्णसार संरक्षणका लागि बासस्थान निर्माण,टिकौली इकोपार्क कल्चरल भिलेज,वडा नं ४ का कबर्डहल निर्माण, एम्बुलेन्स तथा सब वहान खरिद र पत्रकार भवन निर्माणलाई महत्वपूर्ण योजनाका रुपमा सार्वजनिक गरिएको छ । गाई वितरणका लागि १ करोड,खोप खरिदका लागि ३० लाख,नगरप्रमुख संग उद्यमशिलताको लागि ५० लाख,नगर प्रमुख विशेषकोषको लागि ९० लाख,उपप्रमुख संग महिला कार्यक्रमका लागि २० लाख,सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख,नमुना पर्यटकीय पार्क निर्माणको लागि २० लाख,कृष्णसारको बासस्थान निर्माणको लागि २५ लाख,टिकौली इकोकल्चरको लागि १५ लाख,कर्वडहल निर्माणको लागि १० लाख,एम्बुलेन्स÷सबबहान खरिदको लागि ३० लाख र पत्रकार भवन निर्माणको लागि ४ लाख रुपैया विनियोजन गरिएको छ । १२ वटा महत्वपूर्ण योजना सम्पन्न गर्नको लागि ४ करोड १४ लाख रुपैया विनियोजन गरिएको मेयर वनले जानकारी दिए । उपमेयर विमला दुवाडीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षको लागि एक अर्ब २६ करोड ९४ लाख रुपैया बराबरको बजेट ल्याइएको जनाइएको छ । कुल बजेट मध्ये आगामी आर्थिक बर्षमा ११ करोड रुपैया आन्तरिक आम्दानीबाट संकलन गर्ने उद्देश्य रहेको उपमेयर दुवाडीले बताइन ।

    Advertisement

    आन्तरिक आयको अलवा राजश्व वाडफाँड संघीय तथा प्रदेश सरकारबाट १३ करोड ८९ लाख,अघिल्लो बर्षको नगद मौज्दात २ करोड,समानिकरण अनुदान संघीय तथा प्रदेश सरकारबाट २१ करोड ६७ लाख,सर्शत अनुदान संघीय तथा प्रदेश सरकारबाट ३८ करोड ३८ लाख,जिल्ला समन्वय समिति र सडक वोर्डबाट २ करोड ७३ लाख,सामाजिक सुरक्षाबाट २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,उपभोक्ताको नगद सहभागिता १ करोड र अन्य १ करोड २१ लाख रुपैया आन्दानी गर्ने लक्ष्य लिएको छ ।

    आगामी आर्थिक बर्षमा सो नगरपालिकाले आर्थिक विकासमा १ करोड ३२ लाख,सामाजिक विकासमा १ करोड ३२ लाख,पूर्वाधार विकासमा २ करोड २० लाख,वन,वाताबरण तथा विपद् व्यवस्थापनमा ६१ लाख,सुशासन तथा संस्थागत विकासमा २६ लाख,समपुरक तर्फका योजना तथा कार्यक्रममा ४ करोड ६ लाख,जिल्ला समन्वय समिति र सडकवोर्डको कार्यक्रममा २ करोड ७३ लाख,सामाजिक सुरक्षा भत्ता २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,नगरका गौरबका योजना तथा कार्यक्रममा ३ करोड ३० लाख,प्रशासनिक तथा चालु खर्च २३ करोड ५० लाख,वडागत चालु तथा पूजिगत कार्यक्रममा १५ करोड २६ लाख र समपुरक कोषमा ३ करोड रुपैया विजियोजन गरेको छ ।

    सो नगरपालिकाले नगर सभा मार्फत कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ । पर्यटकीय नगरी सौराहामा सफारीको लागि प्रयोग हुँदै आएका हात्तीबाट दिइदै आएको कर छुट दिइएको उपमेयर दुवाडीले जानकारी दिइन । आर्थिक बर्ष २०७७/७८ को कार्तिक मसान्त सम्म सम्पती कर बुझाएमा १० प्रतिशत छुट, आर्थिक बर्ष २०७७/७८मा व्यवसायिक प्रयोजनका लागि १० प्रतिशत र आबासीय प्रयोजनका लागि ७ प्रतिशत छुट दिने र वहालकर ३ प्रतिशत लाग्ने नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७७÷७८ को व्यवसायिक कर कार्तिक मसान्त सम्ममा बुझाएमा २० प्रतिशत र विगतको बक्यौता कार्तिक मसान्त सम्म बुझाएमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

    त्यसैगरी अघिल्ला बर्षका बक्यौतामा १ बर्ष सम्मको बक्यौतामा २० प्रतिशत एक बर्ष भन्दा बढीकोमा ३० प्रतिशत जरिवाना तोकिएको उनले बताए । नगरसभामा विधान समितिका संयोजक तिलकराज शर्मा,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,सामाजिक विकास समितिका संयोजक केशब आचार्य,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारीले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

     

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.