भरतपुर/मञ्जुश्री असाह्य संरक्षण केन्द्र भरतपुर ११ लाई नायक रमित ढुगानाले खाद्यन सहयोग गरेका छन् । खाद्यन्न सहयोग गदै नायक ढुगानाले लामो लक डाउनको समयमा अनाथ बालबालिकाको लागि सानो भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । सो अवसरमा उनले चामल, तेल, दाल, बिस्कुट, चाउचाउ लगाएतका खाद्य सामाग्री सहयोग गरेका थिए । सो अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडले मञ्जुश्रीलाई सम्झेर विशम परिस्थितमा आउनु भएको भन्दै धन्यवाद व्यक्त गरीन् ।
नियमित आम्दानी नभएपनि स्थापनाकाल देखि अहिलेसम्म संस्था सहयोगी दाताह?बाट सञ्चालन भैरहेको बताईन । साथै अध्यक्ष खाँडले सहयोगी मनह?को निरन्तरको सहयोगले संरक्षण गृहले आफ्नै भवन बनाउन सकेको बताईन् । २२ जना अनाथ बालबालिकाह?ले आश्रय लिएको संरक्षण गृहमा अहिलेसम्म करिब साढे दुई सय जनालाई पुर्नमिलन गराउन सफल भएको उनको भनाई छ ।
Advertisement




