• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

इन्टरनेटमा झुम्मिने बानीले विद्यार्थीमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता


  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । बढ्दो कोरोना संक्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ। कोरोना संक्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम भएपछि आफूहरूमा चिन्ता थपिएको अभिभावकहरुको भनाइ छ।

    Advertisement

    नियमित अध्ययन र गृहकार्यको बोझ विद्यालय बन्द हुँदा कम भएको महसुस गरी आफ्ना अन्य गतिविधिमा विद्यार्थी व्यस्त हुँदा पनि उनीहरूको पढ्ने चाहनामा कमी आउने शिक्षकहरूको भनाइ छ। सन्तानको पढाइप्रतिको लगाव कम भएकाले अभिभावकले चिन्ता मानेर बस्नुभन्दा उनीहरूलाई पुस्तकसँग कसरी नजिक बनाउने भन्नेबारे सोच्नुपर्ने जानकारहरू बताउँछन्। पहिले कक्षामा राम्रै नतिजा ल्याउने तथा विद्यालयबाट घर फर्कनेबित्तिकै खाना खाजा खाएर पढ्न बसिहाल्ने घोडाघोडी नगरपालिका–१० स्थित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले निषेधाज्ञा भएदेखि हालसम्मको समयमा एकदिन पनि अध्ययनलाई ध्यान नदिँदा उनका अभिभावक अहिले चिन्तामा छन्।

    कक्षामा जहिले राम्रो नतिजा ल्याउने आफ्नो सन्तानको यस्तो अवस्था देखेपछि धेरै सम्झाइबुझाइ गर्ने प्रयास गर्दागर्दै पढ्न नमानेको ती विद्यार्थीका अभिभावकले बताए। निषेधाज्ञाको समयमा घरमै बसिरहँदा सुरुमा पट्यार लागेका कारण मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा गेम खेलिरहने गरेका कारण पछि पनि जति सम्झाउँदा विद्यार्थीले पढ्न ध्यान नदिँदा समस्या आएको घोडाघोडी नगरपालिका–११ का हरिराम चौधरीले बताए। उनले भने, ‘कक्षा ८ मा अध्ययनरत १६ वर्षीय छोराले निषेधाज्ञाको समयमा एक पटक पनि किताब समाएर नबसेको देखेपछि बारम्बार सम्झाउँदा पनि पढ्न खासै ध्यान दिएन, आजभोलि त भन्न पनि छाडिदिएँ, जति भने पनि पढ्न मान्दैनन्।’ पढ्ने बानीको विकास त विद्यार्थीमा विद्यालयबाटै भएको हुन्छ तर त्यसमा अभिभावकको भूमिका पनि हुनुपर्छ नत्रभने लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा स्वाभाविक रूपमा पढ्ने चाहना तथा बानी कमजोर हुँदै जाने राष्ट्रिय कलेजका उपप्राध्यापक प्रभात बोगटीको भनाइ छ। विद्यालय नगई घरमै लामो समय बसिरहँदा अभिभावकले आफ्ना सन्तानलाई पाठ्यक्रमका पुस्तकसँगै अन्य रचनात्मक पुस्तक अध्ययनका लागि उत्प्रेरित गर्नुपर्ने उनले बताए। नियमित विद्यालय जानु नपर्दा विद्यार्थीलाई गृहकार्यको ठूलो बोझ हटेको महसुस हुने भएका कारण पनि पढ्ने चाहना कमी आउने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई प्रेरणात्मक शैलीले पढ्ने वातावरण बनाउनुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ।

    अभिभावकको व्यवहार र बालबालिकको मनोविज्ञान

    बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकाअनुरुप निर्धारण भएको मनोविश्लेषकको भनाइ छ। यो बेला अभिभावकले कुन तरिकाले शिक्षा दिएका छन्, कोरोना संक्रमणबाट कसरी बच्न सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, घरमा बस्दा बालबालिका लागि कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले निर्धारण गर्ने उनीहरूको भनाइ छ। यो बेला बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन्। साना बालबालिका घरभित्र बस्दा एक किसिमको रमाइलो हुन्छ।

    तर, यस्तो बेला परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा मनोवैज्ञानिक असर पर्ने उनीहरूको बुझाइ छ। मनोविश्लेषकका अनुसार यो बेलामा अभिभावक आफैं चिन्तामा हुन्छन्। त्यसकारण केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने प्रकृतिका हुन्छन्। बाहिर जाँदा पनि गाली गर्ने, भित्र खेल्यो भने पनि गाली गरेको हुन सक्छ। यस्तो हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्छ। आमरूपमा शिक्षक, अभिभावक, अग्रजहरूले बालबालिकालाई तिमीहरूको पढाइ छुट्यो, बर्बाद भयो भन्ने मानसिकताको विकास गराउनु हुन्न। हामी विद्यालय नै नजाँदा पनि सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा बुझाउन सक्नुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ। नीति निर्माण तहमा रहेकाले पनि बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनले बताए।

     

    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.