• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

लकडाउनमा चेपाङको पीडा ः अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल


  •   सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
  • चितवन/पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङ ओछ्यान परेको २ वर्ष बित्यो । सहाराको रूपमा रहेकी एकमात्र छोरी रामकुमारी चेपाङको आश्रयमा उनी बस्दै आएका छन् । छोरी रामकुमारीको अवस्था पनि दयनीय नै छ । ७० वर्षीय बुबालाई स्याहार गर्दै आएकी रामकुमारीले भनिन् – बिरामी र अशक्त बुबाको हेरचाह एकातिर छ भने अर्कोतर्फ २२ जनाको ठूलो परिवार आफै समस्यामा रहेको उनी बताउँछिन् । ८ जना दाजुभाइ मध्ये घरको साहिली बुहारी रामकुमारीको ठूलो परिवारमा न त घरमा खाने अन्न छ, न त बस्ने ठाउँ नै । बिरामी बुबा सहित २२ जनाको परिवार कोही पालीमा, कोही चोटामा त कोही अगेनाको छेउमै ओछ्यान लगाएर सुत्नुपर्दछ, उनले भनिन् । उनको घरमा अगाडि पिढीँमा अशक्त बुबालाई सुताइ राखिएको थियो भने साना बच्चा झोलुङ्गामा हल्लिरहेकी थिइन् । ठूलो परिवार काम के गर्ने भन्ने रनभुल्लमा परिवारका सदस्यहरू देखिन्थे ।

    Advertisement


    लकडाउन हुनुभन्दा अगाडि भने ज्याला मजदुरी गर्ने परिवारका सदस्य पनि काम नपाउँदा घरमै बस्न बाध्य छन् । बिहान बेलुकाको छाँक टार्ने समस्या एकातिर छ भने अर्कोतर्फ बिरामी बुबाको उपचार कसरी गर्ने भन्ने पनि आफूलाई पिरलो परेको रामकुमारी बताउँछिन् । पाखो बारीको अन्नले ३ महिना पनि मुस्किलले पुग्ने यो परिवारले गिठ्ठा भ्याकुर पनि भरी पेट खान पाएका छैनन् । कुनै छाँक छिमेक, गाउँघरबाट पैचो मागेर खाने गरेका छौँ भने कहिले गिठ्ठा भ्याकुर खादै आएका छौँ, उनले भनिन् । परिवार ठूलो हुनाले अन्न त कता हो कता गिठ्ठा भ्याकुर पनि पेटभरी खाने अवस्था छैन, रामकुमारीका माहिला जेठाजु आकाश चेपाङले भने ।


    सोही गाउँकी विष्णुमाया चेपाङको परिवार पनि १३ जनाको छ । ४ छोरा र ३ छोरी सहित नातिनातिना घरभरी छन् । विष्णुमाया घरको ढोकाको छेउमा गिठ्ठा काट्दै थिइन् भने उनकी ३ वर्षको नातिनी घरको चोटाबाट हजुरआमाले काटेको गिठ्ठाको थाल हेर्दै थिइन् । खै के सोच्दै हेरिन्, अनुमान गर्न सहजै सकिन्छ कि बिहानको खाना कतिबेला पाक्छ भनेर होला ।
    उनको घरभित्र पनि अन्नको दाना केही पनि देख्न सकिँदैनथ्यो । कहिले पाइयो भने गाउँघरबाट कोदो मकै ल्याएर खान्छौँ नभए गिठ्ठाको भरमा परिवार पाल्दै आएको विष्णुमायाले बताइन् । उनको परिवार पनि ज्याला मजदुरीले नै परिवार धान्दै आएको थियो ।
    सो लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँको पनि अवस्था उस्तै छ । सो गाउँका ६८ घरपरिवारमा अहिले अनिकाल लागेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल चेपाङले जानकारी दिए । कालिका नगरपालिकाकै वडा नं. ९ को राजवन, सम्फ¥याङ, चाइनाराङ, भ्युरान लगायतका गाउँमा पनि खाद्यान्न अनिकाल लागेको स्थानीय लक्ष्मी चेपाङले जानकारी दिइन् । स्थानीय ३५ घरपरिवार दैनिक गुजारा टार्न पनि समस्यामा रहेको उनले बताइन् ।
    कालिका नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरूङले चेपाङ गाउँमा कोरोना महामारीले गर्दा बिहान बेलुका छाँक टार्न समेत समस्या भएको बताउँदै ज्याला मजदुरी गर्ने गाउँलेहरूले काम नपाउँदा गिठ्ठा भ्याकुरको भरमा परिवार पाल्नु परेको बताए ।
    चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्माले सो गाउँमा चेपाङको बिचल्ली भएको बताइदै देश बिदेशमा हुने सहयोगी दाताहरुलाई उनीहरुको लागि सहयोग गरिदिन अनुरोध समेत गरे ।

     

    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.