भरतपुर/बचौँ र बचाऔँ, एक आशाको किरण भन्ने मुल मन्त्रसहित संक्रमित र कुरुवालाई खाना खुवाउने अभियानमा सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समिति, नारायणगढ जेसीस, चितवन अटोमोबाइल डिलर्स एसोसिएसन, समाज कल्याण बहुमुखी उपभोक्ता संस्था लिमिटेडले संयुक्त रुपमा दैनिक सरदर २५० जनालाई खाना खुवाउँदै आइरहेका छन् ।

अभियानमा चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिको तर्फबाट समितिका अध्यक्ष ताराबहादुर कार्की बाट रु १५०००।-, उपाध्यक्ष मोहनलाल श्रेष्ठ बाट रु ११०००।-, सचिव राजु पुडासैनी बाट रु ५०००।-, कोषाध्यक्ष राजकुमार श्रेष्ठ बाट रु १००००।- र सह–सचिव दुर्गालाल सापकोटा बाट रु १००००।- गरी कुल ५१०००।- नगद सहीतको सक्रियता रहेको छ ।

कोरोना महामारीका कारण काठमाडौ उपत्याका लगायत देशैभर निषेधाज्ञा भएको र संक्रमितहरु बढ्दै जादाँ ज्याला मजदुरी मात्र होईन अस्पतालमा उपचाररत विरामी सँगै विरामी कुरुवा समेत साँझ विहान भोकै बस्नु पर्ने समस्यालाई केही हद सम्म निमूल पार्नको लागि संक्रमित र संक्रमितका कुरुवालाई खाना खुवाउने अभियान चलाएको हो ।

जेठ १२ गते देखी शुरु भएको अभियानमा भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजमा कोरोना संक्रमितका कुरुवालाई र वी.पी. कोइराला क्यान्सर अस्पतालमा भने संक्रमित र संक्रमितका कुरुवा दुवैलाई खाना खुवाउँदै आएका छन् ।




