• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चैते धानको मूल्य निर्धारण


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • नवलपुर/ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो ।

    गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेको चैते धान यहाँका मिलहरूले निषेधाज्ञालाई कारण देखाउँदै प्रति क्विन्टल रु एक हजार ६०० मा खरिद गर्ने भनेपछि कृषक समस्या लिएर नगरपालिका पुगेका थिए । कृषकको समस्या आएपछि उनीहरूलाई लिएर नगरप्रमुख आफैँ आज जयश्री फुड्समा पुगेर धानको खरिद मूल्य निर्धारण गर्न लगाउनुभएको हो ।

    Advertisement

    नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट–९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा र जयश्री फुड्का खरिद बिक्री शाखा प्रमुख प्रकाश घिमिरेबीच सहमति भएर चैते धानको मूल्य निर्धारण गरिएको हो । घिमिरेले अन्य जिल्लामा चैते धानको मूल्य थोरै भएको भए पनि स्थानीय उत्पादन भएका कारण गैँडकोटका कृषकलाई बढी मूल्य दिइएको बताउनुभयो । “चितवनको पर्सा, भण्डारालगायत स्थानमा अधिकतम मूल्य रु दुई हजार ३५० मा धान खरिद बिक्री भइरहेको छ”, घिमिरेले भन्नुभयो, “तर हामीले स्थानीय उत्पादन भएका कारण यहाँका कृषकलाई केही राहत पुगोस् भनेर प्रति क्विन्टल रु दुई हजार ४०० दिन सहमती जनाएका हौँ ।” कोरोना महामारी र जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण धानको मूल्य बढाएर खरिद गर्न नसकिएको घिमिरेले बताउनुभयो ।

    कृषकले उत्पादन गरेको चैते धानको मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले कृषकको उत्पादन गरेका खाद्य वस्तु कुनै पनि कारण खेर जान नदिनेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । “कृषि क्षेत्रको उन्नती र विकास विना कहीँ पनि समृद्धि हासिल गर्न सकिँदैन”, नगरप्रमुख पौडेलले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेको धानले उचित मूल्य नपाएको गुनासो गर्नासाथ म आफै खटिएर मिलसँग धानको अधिकतम मूल्य तोक्न अनुरोध गरेको हुँ ।” जिल्लाकै सबैभन्दा बढी उर्बर भूमि गैँडाकोट नगरपालिकाभित्र रहेको भन्दै उहाँले यहाँ उत्पादन भएको खाद्यान्नले जिल्लाको माग धान्नेसमेत बताउनुभयो ।

    गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ मा अहिले चैते धान भित्र्याउने समय भएको छ । वडा नम्बर ११ को भेँडाबारीमा मात्रै २६० बिघा क्षेत्रफलमा चैते धान रोपिएको वडाअध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । “कोरोनालाई कारण देखाउँदै रु एक ६०० प्रति क्विन्टलमा धान किन्न सक्ने मिलहरूले बताइरहेका थिए”, सुवेदीले भन्नुभयो, “नगरप्रमुखको पहलमा प्रतिक्विन्टल धानको खरिद बिक्री मूल्य रु २ हजार ४०० तोकिनु कृषकका लागि धेरै राम्रो कुरा हो ।”

    गैँडाकोटको मुकुन्दपुरको २६० बिघा क्षेत्रफललाई समेटेर कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले मुकुन्दसेन धान ब्लक सञ्चालन गरेर कृषकलाई अनुदान समेत प्रदान गर्दै आएको छ । यहाँ ज्ञान केन्द्रले मुकुन्दसेन धान ब्लक कार्यक्रम लागू गरेपछि कृषकलाई चालु आर्थिक वर्ष २०७७/७८ मा रु २३ लाख ६४ हजार ४८१ अनुदान दिएको ब्लक सञ्चालक समितिका अध्यक्ष निर्मल न्यौपानेले बताउनुभयो । सो कार्यक्रमका लागि कृषकबाट रु ११ लाख ४४ हजार ४९७ बराबरको लागत सहभागिता जनाएका छन् ।

    सोही कार्यक्रममा स्थानीय सरकारको हैसियतले गैँडाकोट नगपालिकाले सिँचाइ, विद्युत्को व्यवस्थालगायत सुविधा बढाएर कृषकलाई धान खेतीतर्फ आकर्षित गराएको थियो । ब्लक सञ्चालन गरिएको स्थानमा प्रति बिघा ५० क्विन्टलसम्म धान उत्पादन भएको न्यौपानेले बताउनुभयो । मुकुन्दपुर धान ब्लकबाट मात्रै यसवर्ष चैते धान १० हजार क्विन्टलभन्दा बढी उत्पादन हुने न्यौपानेको भनाइ छ ।

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.