• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • काठमाडौं/चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् । आइतबार आयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् । उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

    Advertisement

    ‘हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो’ अध्यक्ष मल्लले जानकारी दिदै भने । उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए । देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपालबाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवा प्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’ त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने ।साथै उनले नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँआउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राखिन ।

    साथै उनले आम नागरिकले पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् । ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् । टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । आज आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा गर्नेछ । इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ । मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ । आईतबार इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् ।

    यो Telemedicine सेवा कसरी लिने? सेवा कसरी लिने? –

    विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट यो सेवा लिन सक्नेछन्। -यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor एप डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor’ एप डाउनलोड गर्न सक्नेछन् । – ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com’ टाइप गरेर यो सेवा लिन सकिनेछ । -कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ। – मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलोका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ । – वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ ।9847691129, 9823012581, 9847393153, 9847396536

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.