• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

संवैधानिक राजसंस्था र अखण्ड हिन्दुराष्ट्र स्थापनाको लागि राप्रपा नेपालले निकाल्यो यस्तो विज्ञप्ती

  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं/राप्रपा नेपालले संवैधानिक राजसंस्था र अखण्ड हिन्दुराष्ट्र स्थापनाको लागि क्रियाशील रहन नागरिकलाई आव्हान गरेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणा, केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र प्रवक्ता शैलेन्द्रकुमार कठायतद्धारा प्रकाशित संयुक्त विज्ञप्तीमा राजनीतिक दलहरु सत्ता केन्द्रित आन्दोलनमा मात्र लागेकाले जनता र देशले सधैं दुःख पाएकोमा चिन्ता गरिएको छ । कोरोना महामारीमा पनि दलहरुले कुर्सीको राजनीति गरिहेको भन्दै राप्रपा नेपालले उनीहरुको गतिविधिले देश आक्रान्त भएको निश्कर्ष निकालेको छ । अल्पमतको सरकारले पनि र बहुमतको सकारले पनि प्रतिनिधिसभा भंग गरे असंवैधानिक हुने व्यवस्थाप्रति पनि पार्टीले आपत्ति जनाएको छ ।

    Advertisement

    प्रधानमन्त्रीका लागि केपी शर्मा ओलीले दाबी पेश गरेको १ सय ५३ जना सांसद र शेरबहादुर देउवाले दाबी गरेको १ सय ४९ जना सांसद जोड्दा ३ सय २ जना पुगेको र संसद संख्या २ सय ७५ मात्र भएको विषय जोड्दै पार्टीले यो कस्तो वितण्डाकारी सिस्टम हो भनेर प्रश्न गरेको छ । नेपालको राष्ट्रियता र अखण्डतामाथि हन्य कुनै विदेशी शक्तिले निरन्तर प्रहार गरिरहेको भन्दै पार्टीले त्यसतर्फ सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै आएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले जेष्ठ ७ गतेबाट खाना खुवाउने अभियान सुरु गरिएको बताए । ‘कोरोना संक्रमणका कारण नागरिकहरुको दैनिकी कष्ठकर बनेकाले उनीहरुलाई खाना खुवाएका हौं’ उनले भने ‘पार्टी प्यालेसमा खाना पकाउँछौं र बेलुकीपख विभिन्न ठाउँमा पुगेर प्याकेटको खाना दिन्छौं ।’ उनले अहिलेसम्म झण्डै २५ सय जनालाई खाना खुवाइसकिएको दाबी गरेका छन् । ‘नागरिकलाई समस्या पर्दा राजनीति गर्छु भन्ने दलहरु चुप लागेर बस्नु हुँदैन त्यसैले राजनीतिक धर्म निर्वाह गरेका हौं’ उनले भने ‘आफूलाई ठूलो हुँ भन्ने दलहरुले अहिलेसम्म जनताको लागि केही पनि गरेका छैनन्, उनीहरुले हामीबाट सिक्नुपर्छ ।’ उनले बानेश्वर, बालाजु, स्वयम्भु, चावहिल, गोंगबु, गुहेश्वरीलगायतका ठाउँमा खाना खुवाइएको जनाए । राष्ट्रिय अध्यक्ष राणाका अनुसार गाडी र मोटरसाइकलमा राखेर खाना पुर्याइने गरिएको छ । सरकारले यो बेला नागरिकको रक्षा गर्न र कष्ठपूर्ण जीवन बाँचिरहेकाको पक्षमा केही राहत दिन नसकेको राणाको आरोप छ ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.