• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

एक वर्षमै मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने, आजबाट रुख कटानको काम सुरु


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • गैँडाकोट/देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । मन्त्रीपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि फिल्डमा काम थालिएको छ । धार्मिक वन र मौलाकालि सामुदायिक वन क्षेत्रका रुखहरु कटान हुनेछन् ।  नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमकावीच रुख कटानको थालनी गरिएको छ ।

    Advertisement


    केवलकार निर्माणको काम सुरु भएको बताउँदै नगरप्रमुख छत्रराज पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो । साथै मन्दिरको विकाससँगै पर्यटन प्रवद्र्धनमा कोशेढुँगा सावित हुने पौडेलको दावी छ । उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल सहित निर्माण कम्पनी मौलाकालि केवलकार प्रालि परिवार, निजी क्षेत्र,धार्मिक सेवा समिति, सामुदायिक वन देखि स्थानीयप्रति नगरप्रमुख पौडेलले आभार व्यक्त गर्नुभयो । स्थानीयको पनि लागत साझेदारी हुने भएकाले यसले आयोजनाप्रतिे अपनत्व बढाउने पौडेलको भनाई थियो ।
    उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालि केवलकार निर्माण प्रालिले केवलकार निर्माण गर्ने भएको हो। कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गर्नुभयो ।
    साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताउँदै ठूला भन्दा धेरै पोल साइजका रुख भएकाले जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गर्ने जानकारी दिनुभयो । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण  गरेकै अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम सुरु गर्ने बताउनुभयो । गैँडाकोट १ धारापानीमा र मन्दिर नजिक रहेको हेलिप्याडमा गरी दुई वटा स्टेशन बन्नेछ ।दुई वटा स्नेशन रहने केवलकारको कुल लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने क्षमता केवलकारको रहने छ ।  “धेरै संरचना निर्माण गर्नुनपर्ने भएकाले पनि एक वर्षमै काम सक्नेछौँ,” साउदले भन्नुभयो ।
    ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ । समय अनुसार लागत बढ्नपनि सक्ने साउदको भनाई छ । “आयोजनाप्रति अपनत्व हुने भएकाले स्थानीयको पनि लगानी राखेका छौँ” साउदले भन्नुभयो ।


    मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको उहाँको भनाई छ। योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर शर्तहरु पुरा गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माणको अनुमति दिएको सापकोटाले बताउनुभयो ।
    सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिह गुरुङले रुख कटान गर्दा ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिनुभएको थियो। साथै रुख कटान गरिएको नजिकै वृक्षारोपणको ठाउँ उपलब्ध गराउन आग्रह गर्नुभयो । वृक्षारोपण निर्माण कम्पनीले गर्नेछ ।
    वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताउनुभयो । जनप्रतिनिधिको हैसियतले निरन्तर अनुगमन गर्ने र आवश्यक सहयोग हुने बताउनुभयो ।
    उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्रै नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने बताउनुभयो । पवित्र स्थलमा पवित्र काम भएको उहाँको भनाई थियो।
    मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान आग्रह गर्दै भएको सहमति काार्यन्वयनमा कमी हुन नहुनेमा सचेत गराउनुभयो। साथै गैँडाकावासीले केवलकार चढेर आउदा जादा हुनुपर्ने सहुलियत देखि रोजगार लगायत सहमति सम्झौताका कुरालाई मनैदेखि मनन गरेर स्थानीयवासीहरुसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।
    मौलाकालिका मन्दिर व्यवस्थापन समितिका सचिव सुरेन्द्र रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रममा धारापानी खानेपानी संस्थाका अध्यक्ष लगायत समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीका वीच छोटो कार्यक्रम गरी कटानको थालनी भएको थियो ।

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.