• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुर महानगरले बनायो १५ बेडको आइसोलेसन

"कोरोना संक्रमितको उपचारमा प्रभावकारी भूमिका निभाउने प्रमुख दाहालको भनाइ "

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • चितवन/ चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ । भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबाट आज बिहीबार अक्सिजनसहितको उक्त आइसोलेसनको उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् । भरतपुर महानगरपालिकाले कोभिड १९ को दोस्रो प्रकोप रोकथाम तथा संक्रमितको उपचारका लागि आइसोलेसन तयार गरेको हो ।  कार्यक्रममा आवश्यकअनुसार आइसोलेसन थप्दै जाने प्रमुख दाहालको भनाइ छ । उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘आइसोलेसनमा कुनै कुरामा कमी आउन दिने छैनौँ ।’ भरतपुर महानगरपालिकाले संक्रमितको उपचारमा आवश्यक सम्पूर्ण सहयोग पु-याउने उनको भनाइ थियो । प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन दिँदै प्रमुख दाहालले भनिन्, ‘उपचारमा कुनै कुराको कमी आउन नदिऔँ, जसको लागि महानगरले के गर्नपर्ने हो, त्यो गर्न तयार छ ।’

    Advertisement

    आइसोलेसन अक्सिजनको आवश्यक पर्ने बिरामीहरूका लागी सहयोगी हुने बताउँदै दाहालले अस्पतालले प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरिन् । उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालहरूसंग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको बताइन् । कोभिड १९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले  चेतनामूलक गतिविधी, स्वास्थ्य मापदन्डको पालना, बिरामीहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको प्रमुख दाहाल बताउँछिन् । उनका अनुसार कोभिड १९ का बिरामीहरूलाई अस्पतालसम्म लैजानका लागी महानगरपालिकाका ३ स्थानमा ४ वटा एम्बुलेन्सले निःसुल्क सेवा प्रवाह गरिरहेको छ । मगानगरपालिकाले शिवनगर स्वास्थ केन्द्रको आइसोलेसन निर्माणपछि  शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ बेडको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा  आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेसन निर्माण गरिएको हो । महानगर प्रमुख दाहालले छिटै शारदानगर स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन निर्माण गरिने बताइन् ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका  उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेसन संचालन गरेको बताइन् । आवस्यकता अनुसार यसको क्षमता विस्तार गर्दै लगिने उनको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले आइसोलेसन  सञ्चालनले कोभिड महामारीबाट नगरवासीलाई बचाउन महत्वपूर्ण हुने बताए । उनले प्रभावकारी सेवा प्रवाह गर्न सबै स्वास्थ्यकर्मीहरूलााई आग्रह गरे ।  वडा न १४ का वडा अध्यक्ष तथा अस्पताल संचालक समितिका अध्यक्ष ओमप्रकास पोखरेलले आफ्नो वडामा कोभिड आइसोलेसन संचालन गर्न पाउदा खुसी लागेको बताए । सामुहिक सहयोगले व्यवस्थित रूपमा अस्पताल संचालन गरेर प्रभावकारी सेवा दिन सकिने बताए। कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा कोभिडका संक्रमितहरूले निःसुल्क पाउनेछन् । अस्पतालमा २ मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकहरूले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववत रूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.