• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘वेड खाली हुन कि त बिरामीको मृत्यु हुनुपर्‍यो, कि त ठीक हुनुपर्‍यो’


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • चितवन/जटिल खालका कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर भरतपुरले थप शय्याको व्यवस्था गरी १४५ बाट २०० पुर्‍याउने तयारी गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार कोभिडको पहिलो लहरपछि करिबकरिब खाली भइसकेपछि पुनः पहिलेकै सेवामा फर्कन थालेको भरतपुर अस्पतालमा आइसियूसहित शय्या बढाउनुपर्न बाध्यता छ। चितवन बाहिरबाट पनि दैनिक एकसय जनाको फोन आइसियूसहितको शय्या खाली छ कि छैन? भनेर आउने गरेकोले अस्पतालले क्षमता बढाउन बाध्य भएको उनले बताए। ‘दिनमा १०० फोन त बेड आइसियू खाली छ भनेर मात्रै आउने गरेका छन्,’ उनले भने, विशेष गरेर बाँके, दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर र पर्सा लगायतका २२ जिल्लाबाट फोन आइरहेका छन्। जबकी शतप्रतिशत शय्या भरिएका छन् र खाली हुन कि त बिरामीको मृत्यु हुनुपर्‍यो, कि त बिरामी ठीक हुनुपर्‍यो।’
    बिरामीका आफन्तले सोधे पनि निरुत्तर हुन बाध्य भएको उनले आशय व्यक्त गरे। ‘त्यति टाढाबाट ल्याउन बेड खाली छ भनियो भने आधा घन्टामा नजिकका तीन एम्बुलेन्स बेड ढुकेर अस्पतालको गेटमा पहिल्यै हुन्छन्, कसरी खाली छ भन्नू, अन्धाधुन्ध ल्याउन भने पनि बाटोमै बिचल्ली वा आएर अलपत्र,’ उनले भने, ‘सेवा र क्षमता बढाऔँ अक्सिजन पहिलाभन्दा ६ गुना माग बढ्यो। तर पाउने स्रोत उही छ। त्यसले गर्दा समस्या सिर्जना भएको छ।’ पछिल्लो समय एउटै परिवारको सदस्य पनि एक जना आइसियूमा एकजना एचडियूमा एकजना जनरल बेडमा र एकजना घरमा अक्सिजन लिएर बसिरहेको अवस्था रहेको उनले बताए। ‘घरको एउटा सदस्यको मृत्यु हुन्छ, अर्को त्यही रोगले भर्ना भएको सदस्यलाई कसरी भन्नू?? दर्दनाक पीडा छ।’
    सेवा लिन आउने बिरामी पनि ज्वरो र खोकीको समस्या लिएर आउने गरेका उनले बताए। रगतको रिपोर्ट बोकेर आएका बिरामीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भए पनि संक्रमितले ‘म संक्रमित हो’ भनेर नखुलिदिँदा त्यसले अर्को समस्या निम्त्याएको उनको भनाइ छ। अवस्था झवै भयावह बन्दै गएकोले यसको नियन्त्रणमा कम्तिमा पनि दुईदेखि तीन हप्ता समय लम्बिन सक्ने उनले बताए।
    यसको समाधानका लागि पिसिआर रिपोर्ट आउनासाथ रिपाेर्टसँगै होम आइसोलेसनमा बस्न उनले सुझाव दिए। त्यस्तो अवस्थामा नजिकको स्वास्थ्यकर्मी र एक डाक्टरसँग नियमित परामर्शमा रहने र संक्रमणमुक्त नभएसम्म परामर्शमा रहने स्वास्थ्यकर्मीले निगरानी गरिरहनुपर्ने उनले बताए। कुनै लक्षण देखिएमा अस्पताल पठाउने र त्यसको समन्वय स्थानीय पालिकाले गर्ने गरेमा जटिल बन्नबाट केही हदसम्म टाढा रहन सकिने उनको भनाइ छ।
    स्थानीय पालिकाअन्तर्गतका स्वास्थ्यका स्थायी संरचनामा अक्सिजनसहितको प्राविधिक सेवा थप गरी पालिकास्तरीय मध्यमस्तरसम्मका संक्रमितलाई राख्न सकिने गरी आइसोलेसन केन्द्र बनाउने र त्यहाँ गम्भीर भए ठूला अस्पतालसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने, तत्काल कोभिड उपचार गर्ने अस्पतालहरुको एक/एक घण्टामा अपडेट गर्ने र वेड खाली भए/नभएको हेर्न मिल्ने प्रविधि बनाउने र त्यसलाई प्रहरीको १०० जस्तै एउटा नम्बर राखेर कलसेन्टरमार्फत बेड बुझ्ने र साेही अस्पतालसँग समन्वय गरेरमात्र अस्पताल आउने गर्दा अलमल र ट्रान्सफरमा समय खेर नजाने उनको सुझाव छ।
    जिल्ला प्रशासन कार्यालयले अस्पतालको अधिकतम क्षमता भएका भेन्टिलेटर, एचएफएनसी, अक्सिजन सिलिन्डर र आवश्यकतासहितको स्वेतपत्र जारी गरी त्यसको व्यवस्थापन र समन्वय गर्ने, राम्रो हुँदै गएर अक्सिजन लगाउन नपरे पनि १० दिनमा पिसिआर पर्खेका वा दोहोराएर पिसिआर गर्दा फेरि पोजेटिभ आएर घर जान नमान्नेलाई योगालगायत वैकल्पिक केन्द्र, जस्तै बागीश्वरीमा लगेर मनोबल बढाउने व्यवस्था गर्ने हो भने अस्पतालको बेड छिटो खाली हुन सघाउ पुग्ने उनले बताए। सबैभन्दा मुख्य कुरा यस्तो माहामारीमा ज्यान जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई हतोत्साही र मानमर्दन हुने काम कतैबाट हुन नहुने उनको भनाइ छ।

    Advertisement

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.