भरतपुर/चितवन अटोमेकानिकल ब्यावसायी संघले भरतपुर महानगरपालिकालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। अाज महानगर परिसरमा पुगेर व्यवसायीले १६ थान अक्सिजन सिलिन्डर प्रमुख प्रशासकीय अधिकृतलाइ प्रदान गरेका हुन। कोभिड-१९ महामारीकाे क्रममा अक्सिजनकाे अभावमा बिरामीले ज्यान गुमाउनु परेको भन्दै यस्तो समस्या कम हाेस् भन्ने हेतुले अाफुहरुले सहयोग गरेको संघका अध्यक्ष प्रेमप्रसाद पान्डेले जानकारी दिनुभयो ।
Advertisement

संक्रमण केही सहज भएपछि उक्त शिलिण्डर फिर्ता हुनेगरी ति ग्यास सिलिन्डर हस्तान्तरण गरिएको हाे। ।यो भन्दा अगाडि गैडाकोट नगरपालिकाको वडा नं. ११ मा अवस्थित नगर अस्पतालको कोभिड-१९ आईशोलेसन लाई १० वटा अक्सिजन शिलिण्डर र ईच्छाकामना गाउँपालिकालाई १० थान अक्सिजन शिलिण्डर चितवन अटाे मेकानिकल व्यवसायी संघले हस्तान्तरण गरेको थियाे।




