• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘एटुजेड बिजनेश पेज’ को बिमोचन


  •   मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
  • चितवनर चितवनबाट सञ्चालित केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिसद्वारा प्रकाशित कोभिड– १९ बिशेष ‘एटुजेड बिजनेश पेज’ को बिमोचन गरिएको छ । उक्त म्यागाजिनको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) एक कार्यक्रमकाबीच बिमोचन गरेका हुन् । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन गरी दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको बिमोचनगरेका हुन् । बिमोचन गर्दै प्रचण्डले कोभिड र नेपालको अर्थतन्त्रलाई जोडेर प्रकाशित म्यागाजिनले महत्वपूर्ण बिषय उठाएको बताए । चितवनको शिक्षा, स्वास्थ्य, उद्योग लगायतका क्षेत्रमा कोरोनाले पारेको प्रभावलाई समेटेर म्यागाजिन प्रकाशित गर्नु विशिष्ठ कार्य भएको उनको भनाइ थियो ।

    उनले गत वर्षको कोभिडको लहरले पारेको प्रभावमा म्यागाजिन केन्द्रीत भएता पनि अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । ‘मैले म्यागाजिन अध्ययन गर्दा गत वर्षको कोभिडको लहरले पारेको प्रभावको बिषय उल्लेख गर्नु भएको रहेछ, उनले भने, लामो समयपछि आज बिमोचन गर्दा पनि उत्तिकै सान्दर्भिक छ ।’ अहिले फेरी महामारी फैलिदै जाँदा यसको औचित्य अझै बढी पुष्टि भएको उनको भनाइ थियो । प्रचण्डले कोभिडको महामारीसँग लड्न राजनितिक दल, नागरिक समाज, स्वास्थ्यकर्मी तथा पत्रकारहरु उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने बताए । यसका लागि राज्यले सबै भन्दा बढी महत्वपूर्ण भूमिका खेल्दै सबै संस्थासँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

    Advertisement

    भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बिशेष गरी कोभिडले चितवनको अर्थतन्त्रसँगै शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा पारेको प्रभावको बिषय उठाएर म्यागाजिन प्रकाशन गरेर एउटा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताईन् । उनले म्यागाजिनको माध्यमबाट कोभिडबाट प्रभावित क्षेत्रलाई उजागर गरिएको भन्दै शुभकामना दिईन् । भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले यो म्यागाजिन दस्तावेज बन्ने विश्वास व्यक्त गरे । ‘अहिले यो म्यागाजिन प्रकाशित गरिएको छ, भविष्यमा यो दस्तावेजकै रुपमा रहनेछ,’ उनले भने । उनले म्यागाजिनमा कोभिडले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावको बिषयलाई महत्व दिएको भन्दै धन्यबाद व्यक्त गरे ।  कार्यक्रममा एटुजेड समाचार डटकमका सम्पादक सूर्यप्रसाद अधिकारीले म्यागाजिनमाथि प्रकाश परेका थिए । अधिकारीले म्यागाजिन गत वर्षबाट सुरु भएको कोभिड १९ को महामारीले व्यवसायीक, विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा केन्द्रीत भएको जानकारी दिए ।

    उनले कोरोनाबाट बिभिन्न क्षेत्रमा पारेको असरलाई म्यागाजिन मार्फत उजागर गरिएको बताए । ‘यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं, उनले भने, अहिले फेरी नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा म्यागाजिनमा उठाइएका विषयबस्तु अहिले झन सान्दर्भिक छ ।’ म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ ।

    ‘यो एउटा दस्तावेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन भन्ने विश्वास लिएका छौं,’ उनले भने । विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाई छ । लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाईबीच म्यागाजिनको विमोचन गरिएको केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताए । ‘हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं, सापकोटाले भने, मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण आज बिमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गरेका हौं ।’

    बिमोचन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठ, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, होटक व्यवसायी महासंघक केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुके, भू लक्ष्मी ग्रुप अफ इन्ड्ष्ट्रिजका कार्यकारी निर्देशक किरण आचार्यलगायतले बोलेका थिए । कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय, मध्यमसमय र मत्थर हुनेक्रमको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.