• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कोरोना सङ्क्रमित बिरामीहरुको चापसँगै चितवनका अस्पतालहरुमा बिरामीको चाप बढ्यो


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • चितवन । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् । चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पारस अधिकारीका अनुसार कोभिडका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकामा अहिले त्यहाँ २९ बिरामी रहेका छन् । बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ । तेइस बिरामी एचडियुमा रहेका छन् भने १०१ जना सघन उपचार कक्षमा रहेको उहाँले जानकारी दिनुभयो । अन्य एचडियुमा रहेको उहाँको भनाइ छ । अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

    उहाँले भन्नुभयो, “कोभिडको रिपोर्ट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखी उपचार गरिरहेका छौँ ।” अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दनाक स्थिति भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दैनिक जसो अस्पताल आउँदा आउँदै मत्यु हुने बिरामीको सङ्ख्या चारदेखि पाँच जना रहेका छन् ।” श्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेकाको स्वाब नै परीक्षण नगरी पठाउने गरिएको छ । बिरामीको चाप बढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उहाँले बताउनुभयो । यस्तै पुरानो मेडिकल कलेजमा पनि बिरामीको चाप बढेको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार अस्पतालमा अहिले ६६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले सङ्क्रमित बिरामीको उपचारका लागि २०० शय्या छुट्याएर उपचार गरिरहेको छ । अस्पतालमा रहेका बिरामीमध्ये १२ जना भेन्टिलेटरमा रहेका छन् । सघन उपचार कक्ष ५२ र एचडियुमा दुई जनालाई राखेर उपचार गरिएको छ । न्यौपानेका अनुसार बिरामीको चाप बढ्दै गएको छ । यही अनुसार सङ्क्रमित बढ्दै गए बिरामीको चापअनुसारको सेवा दिन अस्पताललाई कठिन हुने उहाँले बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो, “अहिले पनि सङ्क्रमण पुष्टि नभएका १३ जनालाई आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ ।” कोरोनाका कारण कठिन अवस्था आएको बताउँदै उहाँले भन्नुभयो “अहिलेसम्म त अक्सिजनको समस्या छैन । बिरामी बढे जिल्लामा पनि अक्सिजनको समस्या आउन सक्छ ।” सो अस्पतालमा पनि भेन्टिलेटर खाली छैनन् । भरतपुर अस्पतालमा १३७ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण रिजालका अनुसार अस्पतालममा कोभिडका बिरामी राख्ने क्षमता १४५ जनाको हो । पहिला १३५ जनाको क्षमता भए पनि आइतबार थप १० शय्या बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षमा नौ, एचडियुमा २५ र सामान्य कक्षमा १०३ बिरामी रहेका छन् ।

    अहिले अस्पतालमा आएका बिरामी सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल बन्दै गएको उहाँको भनाइ छ । सरकारी अस्पतालमा उपचार गर्ने सरकारको नीतिअनुसार सङ्क्रमित थपिँदैं गएमा अन्य कक्ष खाली गरी शय्या थप्दै लैजाने तयारीमा अस्पताल रहेको छ । अहिलेकै अवस्थामा अक्सिजन पर्याप्त भए पनि बिरामी बढेमा समस्या आउने अस्पतालले जनाएको छ । यता भरतपुरको बिपी कोइराला मेममोरियल क्यान्सर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले क्यान्सर रोग लागेका र कोरोना सङ्क्रमण देखिएकालाई राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आवश्यकतानुसार अस्पतालका सबै ४०० शय्या नै कोभिडको बिरामीका लागि प्रयोग गर्न सकिने बताउनुभयो । अन्य अस्पतालमा बिरामीले उपचार गर्न नपाउने अवस्था आएमा क्यान्सर अस्पताललाई पनि प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

    भरतपुरको चौबिसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालमा अहिले कोभिड सङ्क्रमित १९ बिरामीको उपचार भइरहेको छ । सो अस्पतालमा २० सङ्क्रमितको उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षममा छ र कोभिड कक्षमा १३ जनाको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको क्षमताअनुसार मात्र कोरोनाका बिरामी राख्ने उहाँले बताउनुभयो । यस्तै जिल्लाको नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालले समेत कोरोना सङ्क्रमितको उपचार शुरु गरेका छन् । नारायणी सामुदायिक अस्पतालमा अहिले १२ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । नेशनल सिटी अस्पतालमा एक जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा ३९० सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १७६ सङ्क्रमित चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । जिल्लामा आजसम्म नौ हजार ५१९ जना कोरोना सङ्क्रमित भएका छन् ।

    उपचारका लागि आउने बिरामीमा छिमेकी जिल्लाहरु धादिङ, लम्जुङ, गोरखा, मकवानपुर, बारा, पर्सा, रौतहट, कैलाली, नवलपुर, नवलपरासी, रुपन्देही, अर्घाखाँची र प्युठानका रहेका छन् । कतिपय जिल्लाबाट हेलिकप्टरमा पनि बिरामी यहाँ ल्याइएको छ । अहिलेसम्म कोभिडका बिरामीका लागि शय्या भए पनि भेन्टिलेटरको अभावका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.