• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सेक्युरिटी गार्ड हुँदै प्रिन्सिपल


  •   शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित
  • परिश्रमको फल पक्कै पनि मीठो नै हुन्छ । दु:ख र हण्डरले जीवनमा परिश्रम गर्न सिकाउँछ पनि । एउटा विपन्न परिवारमा जन्मिएका राजन श्रेष्ठको जीवनमा ठयाक्कै यो कुरा लागु हुन्छ । हुन त खोतल्दै जाने हो भने अनगिन्ती संघर्शका गाथाहरु भेटिन्छन् । यद्यपी परिवेश अनुरुप छुट्टाछुट्टै कथा व्यथाहरु भेटिन्छन्, भोगाइहरु देखिन्छन् ।

    Advertisement

    बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल टुसालमा जन्मिएका राजन श्रेष्ठले परिवारको विपन्न आर्थिक अवस्थाका कारण आफ्नो बाल्यकाल खेतीपाती , मेलापात र ज्यालापर्म गर्दै बिताए । विद्यालय पढ्दा नै ज्याला मजदुरी गरे । उनले हातका ठेला फुट्दा हातमा रुमाल बाँधेर पनि खेत खने ।यसरी सानै उमेर देखी परिश्रम गर्न अभ्यस्त राजनलाई हरेक कुरामा मेहनत गर्ने आदत नै पर्‍यो ।फलत: उनी विभिन्न उतारचढावकाबीच जीवनमा सफलता तर्फ अग्रसर हुँदै गए । ३१ वर्षीय श्रेष्ठले यस माझमा सेक्युरिटी गार्ड हुँदै विद्यालयको/कलेजको प्रिन्सिपल तथा युवा उधमी बनेका छन् ; जो धेरै युवाहरूको लागि उदाहरण बनेका छन् । उनी कपनमा रहेको पायोनीयर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल हुन । त्यसो त उनी विभिन्न कला,साहित्य, सामाजिक र शैक्षिक संघसंस्थामा पनि आवद्व छन् । बिशेषत गत साल कोभिडको महामारीको समयमा पनि मनास्लु कलेजको स्थापना गरेर आफ्नो नेतृत्व कौशल देखाउन सफल भएका छन्। हरदम साथ दिने यस्तो टिम भए चाँडै मनास्लु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एक स्थापित कलेज बन्ने दाबी समेत गरे॥

    पढाइमा अब्बल राजनले स्कुल पढ्दादेखि नै घरबाटै होम ट्यूशन पढाउँथे । जसको बदलामा उनलाई कोहि चामल, आलु त कोहि कसैले पैसा पनि दिने गर्दथे । राजनले होम ट्यूशनलाई निरन्तरता दिँदै इन्स्टिच्यूटमा पनि पढाउन थाले ।

    एसलसीमा स्कुल टप गरेका राजनले प्राय: कलेजहरुमा छात्रवृत्तीमा नै अध्ययन गर्ने अवसर पाए । स्तुपाको सुरक्षा गार्डबाट जागिरे जीवनको सुरुवात गरेका राजनले कुनै काम सानो ठूलो नभनी काम गरे । यस दौरानमा उनले सुन पसल र रेष्टुरेन्टको अकाउन्टेन्ट भएर पनि काम गरे ।

    केभ्स कलेजमा प्लसटु अध्ययन गरेका राजनले बज्र इन्टरनेशनल कलेजबाट स्नातक उत्तीर्ण गरे । स्नातक पहिलो वर्षमा अध्ययन गर्दा उनले केहि समय विभिन्न संघसंस्थामा पत्रकारिता तालिम लिए भने विभिन्न विद्यालयमा पत्रकारिता तालिम पनि दिए ।

    पत्रकारिता र अग्रेजी विषयमा स्नातक गरे पछि राजनले युनिभर्स कलेजबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरे। त्यसपछि आइएसआरबाट एमफिल पनि गरे ।

    विभिन्न क्षेत्रमा काम गरेको अनुभव संगालेका राजनले २०६४–६५ बाट अंग्रेजी शिक्षकको रुपमा काम गर्न थाले । गोकर्णेश्वर स्कुलबाट अध्यापन गराउन थालेका राजनले नेशनल आइडियल स्कुल , कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कुल, नर्सिङ कलेजमा केहि वर्ष अंग्रेजी पढाए । सो क्रममा उनले विद्यालयमा हुने अतिरिक्त कृयाकलाप प्रमुखको जिम्मेवारी पनि सम्हाले । त्यसपछि जाउलाखेलमा रहेको डिएबि स्कुलमा सिनियर अंग्रेजी शिक्षक बने । त्यसबेला उनले उक्त स्कुलको वेभसाइटमा राख्ने समाचार सामाग्री संकलन र सम्पादन पनि गर्थे ।

    उनी भन्छन्, ‘सुरुवातमा कपनमा सञ्चालन भइरहे पनि कमजोर अवस्थामा रहेको पायोनीयर पब्लिक स्कुल २०–२५ जना मिलेर लिने सहमती भयो । तर पछि ८ जनाले २०७२ मा स्कुल लियौँ । अहिले पाँच जना मात्रै छौँ । त्यतिबेला कतिपय मानिसहरुले गलत निर्णय लिनुभयो भन्ने सुझाव पनि दिनुभयो ।‘ अहिले पायोनियर र राजन एक पर्यायवाची बनेको छ। बुढानिलकण्ठमा अतिरिक्त कृयाकलाप र गुणस्तरीय शिक्षाको लागि उदाहरण बनेकाे छ। योग्य र अनुभबी युवा पुस्तालाई संस्था बेलैमा पुस्तान्तरण र हस्तान्तरण गरे हरेक संस्थाले गति लिने विश्वास गर्छन्।

    राजन आफू जुन संस्थामा संलग्न हुन्थे त्यहाँ लगनका साथ काम गर्थे । विद्यालयमा कार्यक्रम सञ्चालक साथै व्यवस्थापनको जिम्मेवारीमा पनि खरो उत्रन्थे राजन। जस्तोसुकै अवस्थामा पनि आफुले पाएको जिम्मेवारीलाई पूरा गरेरै छाड्ने बानी उनमा थियो र यद्यपी छ ।

    उनी भन्छन्, मैले पायोनीयरको मुहार फेर्ने गरि मेहनत गरेको छु । छुट्टै मन्टेश्वरी खोल्ने र प्लसटु चलाउने योजना मूताबिक मनास्लु जन्मिएको हो। आफ्नो करियर पुरै दाउमा राखेर, उच्च जोखिम मोलेर, आंटले यो मनास्लु कलेजको परिकल्पना आफु र आफ्नो अत्यन्त मिलनसार साथी गेन्द् लामाले गरेको बताए। पायोनीयरका विद्यार्थीहरु देशको प्रतिनिधित्व गर्दै खेल प्रदर्शनका लागि विभिन्न राष्ट्रमा गएर सफलता हासिल गरेको कुरा जगजाहेर नै छ भन्छन् ।

    उनी भन्छन् , ‘मेरो बुवाले धेरै पढिस भनेर गाली गर्नुहुन्थ्यो भने हजुरबुवाले ८ कक्षामा पढ्दा नेपाल बस्ने भए पढाई पुग्छ भन्नुभयो, विदेश जाने भए मात्रै अझै पढ्नु भन्नुहुन्थ्यो, एसएलसी नै नदिएपनि हुन्छ भन्ने गर्नुहुन्थ्यो। तर आमा उहाँको नाम चन्द्रमाया हो, उहाँले पढ्न निकै हौसला दिनु भयो । अहिले बुवाआमा म देखी निकै सन्तुष्ट हुनुहुन्छ ।’

    २०७२ माघमा डिम्पलसँगको ९ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका राजन डिम्पल दम्पतीको हाल ५ बर्ष को छोरी र २बर्षका छोरा छन । राजन हाल नेपालमा नै पिएचडी गर्ने तयारीमा छन् । पुस्तक लेख्ने योजना पनि सुनाए उनले । सामाजिक क्षेत्रमा निकै सकृय र चर्चित उनी चांडै नेपालको राजनीतिक रजतपटमा छाउने र देशमा युवाको भूमिकालाई दरो रूपमा उभ्याउन बेजोड तयारी गरिरहेको बताउँछन्। शिक्षा र राजनीतिलाईनै आफ्नो जिवनको असली धरातल बनाउने प्रण गर्दै आज सम्मको यात्रामा साथ दिने सबैलाइ विशेष आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथको अपेक्षाका साथ छिट्टै देशमा शान्ति छाओस् भन्ने कामना गर्दछन्।जांदाजांदै मनास्लु कलेजको बारेमा केही कुराहरू राख्न चाहन्छन:

    मनास्लु वल्र्ड कलेजले स्थापनाको छोटो समयमा नै आफुलाई स्थापित भनिएका कलेजहरुसँग प्रमुख प्रतिस्पर्धीका रुपमा चिनाउन सफल भैसकेको छ । फ्युचर लिडर उत्पादनको केन्द्र बनाउने उद्देश्यका साथ स्थापना भएको कलेजको‘अ होम फर फ्युचर लिडर्स’ भन्ने मुख्य नारा नै रहेको छ ।

    शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.