भरतपुर/संस्थागत निति, नियमावली र कार्यविधि निमार्णका लागि आर्दश नारी विकास केन्द्रले आज कार्यशाला गरेको छ । आर्थिक तथा प्रशासनिक नियमावली , मानवीय स्रोत विकास तथा व्यवस्थापन निति, संस्थागत आचार संहिता र निर्देशिका, स्वयम्सेवक परिचालन कार्यविधि लगायतका विषयमा कार्यशालामा छलफल गरिएको थियो ।

संस्थाका कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्धे्रश्यले हालको नियमावलीलाई पुन परिमार्जित गरि दोस्रो संस्करण निकाल्न लागिएको अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । यसअघि संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली २०६६ सालमा निमार्ण गरि २०७६ सालमा प्रथम संस्करण गरिएको थियो । नियमावली निमार्णका लागि परामर्शदाता खेम सापकोटाले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष मीना खरेल, कानुनी सल्लाहकार अधिवक्ता फुलमाया रानाभाट, सल्लाहकार विदुर केसी लगायत कार्यसमितीका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैबीच, सस्थाका सहसचिव शिशा राई मानन्धरले आफ्नी स्वर्गीय दिदी उषा राई मानन्धरको स्मृतिमा संस्थालाई ५० हजार रुपैया अक्षयकोष निमार्णको लागि सहयोग गर्नुभएको छ । संस्थाको कार्यालयमा कार्यसमितीको रोहवरमा अध्यक्ष मीना खरेललाई उहाँले चेक हस्तान्तरण गर्नुभएको हो ।




