
सम्पुर्ण २५१ सदस्य जिल्ला कमिटीले सोमवार नै सपथ ग्रहण गरिसकेका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टीको उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजक शाक्यले केपी ओलीको एकलौटी बादले सिङ्गो एमाले पार्टीलाई छिन्न भिन्न बनाउन खोजेको आरोप लगाईन । उनले भनिन, ‘ओलीले टुक्र्याउँदै गएको एमालेलाई हामी पछि पछि एक ढिक्का बनाउँदै अघि बढिरहेका छौ । आज विस्तार गरिएको जिल्ला कमिटीपनि त्यसैको उपज हो ।’
कार्यक्रममा प्रदेश कमिटी सदस्य केदार न्यौपाने लगायतले एमालेको भावी रणनितीको बारेमा प्रष्ट पारेका थिए । यस्तै सो पार्टीको १५५ सदस्य भरतपुर महानगर कमिटीपनि विस्तार गरिएको छ । कमिटीको अध्यक्षमा विष्णुराज महतो रहेका छन् । उपाध्यक्षमा टिका पोखरेल, सचिवमा रोहित सुबेदी र सह सचिवमा शोभा पण्डितलाई चयन गरेको छ । एमालेमा अहिले आन्तरिक द्धन्द चर्कदै जाँदा त्यसको असर वडा देखि जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म पुगेको छ । अहिले माधव नेपाल समूहको एमालेले देशका सातै प्रदेश र अधिकांश जिल्लाहरुमा समानान्तर कमिटी गठन गरिसकेको छ । सो समूहले पछिल्लो समय नगर र वडामा कमिटि विस्तारलाई तिब्रता दिएको छ । एमाले फुटको असर कर्णाली प्रदेशमा प्रष्ट रुपमा देखिएको छ । केपी ओली समूहले नेपाल समूहका अधिकांश नेता तथा कार्यकर्तालाई कार्वाही समेत गरेको जनाउँदै आएको छ ।




