भरतपुर/ नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा राजेन्द्र लामिछाने सर्वसहमत चयन भएको छन् । मञ्चको भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न चौथौ साधारण सभा तथा अठौँ अधिवेशनले लामिछानेको अध्यक्षतामा १९ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा रघुनाथ भटट्, द्धितिय उपाध्यक्षमा डा.रेवन्तकुमार भटट्राई, तृतिय उपाध्यक्षमा ज्ञानबहादर विसुराल, महासचिवमा रामलाल भुषाल, सचिवमा विनोद पोख्रेरल र कोषाध्यक्षमा कृष्णहरि लोहनी रहेका छन् ।
यस्तै बरिष्ठ सदस्यहरुमा रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, हरिकृष्ण खनाल, कर्पोरेट सदस्यहरुमा मदन चिरन्जीवी पोख्रेरल र रामकुमार चौहान रहेका छन् । यस्तै मञ्चको विज्ञ सदस्यमा डा.विष्णुहरि पोख्रेरल र थप सदस्यहरुको दिपेन श्रेष्ठ र जनार्द अधिकारी चयन भएको हुन् । मञ्चका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा सम्पन अधिवेशनमा नेपाल पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै उनले आत्मनिर्भर बनेको कुखुरापालन व्यवसायलाई राज्य नयाँ नीतिसहित सम्बोधन गर्नुपर्ने बताए ।
सोही अवसरमा चितवनमा सुरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र नयाँ चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल ह्याचरी संघका निर्वतमान अध्यक्ष टिकाराम पोख्रेरल, नेपाल दाना उद्योग संघका बरिष्ठ उपाध्यक्ष शंकर कडेँल र कार्यकारी निर्देशक शिवप्रसाद बराल लगायतले बालेका थिए ।




