भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाको २३ औ साधारणसभा तथा १० औं अधिवेशन विहीबार नारायणगढ स्थित होटल गंगोत्रीमा सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवनका वरिष्ठ चन्दादाता एवं एसस्कर सदस्य ध्रुवकुमार प्रधान प्रमुख अतिथी रहनु भएको थियो ।
नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका सचिव हरि पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ऋतु गिरीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा वोल्दै नेपाल अर्वुद रोग निवारण सस्थाका केन्द्रिय उपमहासचिव वद्रीनाथ पोखरेलले सुर्तीजन्य पदार्थ न्यूनिकरणमा जोड दिनु पर्ने वताउनु भयो । त्यसको लागि विद्यालय तहमा जनसचेतनाको आवश्यकता रहेको उहाँको भनाई थियो ।
समयमै उपचार पाए क्यान्सर पुर्ण रुपमा निको हुने वताउँदै कार्यक्रमका अध्यक्ष एवं सस्थाका सभापति चुकेले भरतपुरलाई धुम्रपानरहित महानगर वनाउने निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने वताउनु भयो । कार्यक्रमा सस्थाका निवर्तमान सभापति एवं जग्गादाता ज्ञानकुमार चुके, आजिवन सदस्य तथा देवघाट क्षेत्रविकास समितिका अध्यक्ष वद्री प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष रमेश कुमार पियालगायतले वोल्नु भएको थियो ।
कार्यक्रममा लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादन सन्तोष देवकोटालाई सस्थाको विभिन्न कार्यक्रममा सहभागि भई सस्थाका गतिविधिहरुलाई संचारमाध्यम मार्फत सम्वन्धित सरोकारवालाहरुमा पु¥याएर सस्थाको उदेश्य परिपुर्ती गर्ने कार्यमा उल्लेख्य योगदान गरेवापत कदरपत्रद्धारा सम्मान गरिएको थियो । यसैगरी सस्थाका अध्यक्ष चुकेले आफ्नो कार्यकालमा उल्लेख्य सहयोग गर्ने जिल्ला कार्यसमितिका उपाध्यक्ष गोविन्द पौडेल र सहसचिव रोशन थापालाई मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो ।




