भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा बुटिक डिजाइनिङमा उद्यमी बन्न चाहने महिलाहरुलाई लक्षित गरी ७ दिने हाते कडाई तालिमको शुभारम्भ गरिएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि पौडेलले बुटिक डिजाइनिङमा उद्यमी बन्न चाहने महिलाहरुको लागि हाते कडाई तालिमले आर्थिक उपाजनसँगै आत्मनिर्भरको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो–तालिम अवधिभर धैर्यताका साथ तालिममा सहभागी भई ज्ञान आर्जन गर्नुहुन समेत प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, कार्यसमिति सदस्य एवं खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, कार्यक्रमका प्रशिक्षकद्वय राधा शर्मा पौडेल, रमा गुरुङ, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सदस्यहरु दक्षिणा गैह्रे न्यौपाने, अम्बिका धिताल, कविता श्रेष्ठ, डम्बरकुमारी पोखरेल, सिर्जना सोती, नमिता प्रधान लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चका उपाध्यक्ष श्री पार्वती सुवेदी कुँबरले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन र तालिम शुरुवातको घोषणा गर्दै प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
Advertisement




