माडी/औद्योगिक राहत कोष सञ्चालन मार्फत
नगरपालिकाभित्र उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, भईरहेका उद्योगहरुलाई संरक्षण र प्रवर्धन गर्ने तथा उद्योग सञ्चालन गर्दा सिर्जना हुन सक्ने विषम परिस्थितिका कारण आइपर्ने व्यवसायिक जोखिमयुक्त समस्यामा तत्कालका लागि आर्थिक उपलब्ध गराउने उद्देश्य अनुरुप औद्योगिक राहत कोष सञ्चालनका लागि चितवन उद्योग संघ माडी इकाई समिति र माडी नगरपालिकाबीच एक कार्यक्रमका बीच सम्झौता गरिएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले औद्योगिक प्रबद्र्धनका सम्बन्धमा चितवन उद्योग संघको अभियान र गतिविधिहरु निकै महत्वपूर्ण रहेको र यस अभियानमा माडी नगरपालिकाले समेत सहकार्य गर्दै अघि बढ्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– अभियानले उद्योग र उद्योगीहरुको हितको निम्ति टेवा पुग्ने हुँदा अभियानको प्रशंसा समेत गर्नुभयो । सोही कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले चितवन उद्योग संघले प्रत्येक स्थानीय पालिकाका आफ्ना इकाई कार्यालयहरु मार्फत रोजगारी सिर्जना, औद्योगिक तथ्याङ्क संकलन र उद्योगी क्षमता अभिवृद्धिका लागि माडी नगरपालिकाले समेत सहकार्य गरी हाम्रो अभियानमा साथ दिएकोले उद्योगीहरुमा थप हौसला मिलेको बताउनुभयो ।
सम्झौता पत्रमा चितवन उद्योग संघका तर्फबाट संघका अध्यक्ष राजु पौडेल र माडी नगरपालिकाका तर्फबाट प्रमुख ठाकुर प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता पत्रमा माडी इकाई समितिले मानव नियन्त्रण बाहिरका प्रकोपहरुका कारण सिर्जना हुने जोखिममा पनि उद्योग सञ्चालनमा निरन्तरता दिने, उद्योगीहरु तथा उद्योगका कर्मचारीहरुलाई आवश्यक तालिम तथा विकास कार्यक्रमहरु सञ्चालन मार्फत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा उद्यमीशिलतामा दिगो रुपमा टिकाउन सहयोग पु¥याउने, पुनर्ताजगिकरणका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउने आधार तयार गर्ने तथा नगरपालिकाको राजश्व वृद्धिमा सहयोग पु¥याउने लक्ष्य समेत लिएको छ ।
हस्ताक्षर कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, माडी नगरपालिकाका प्रशासन शाखा प्रमुख किरण बहादुर वि.क., चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल, माडी इकाई समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
संघको अभियानमा माडी नगरपालिकाको सहयोग
संघको अभियानमा माडी नगरपालिकाको सहयोग
Advertisement
तपाईको प्रतिक्रिया




