एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम मध्ये संस्थामा आबद्ध बाल सदस्य तथा १६ वर्ष मुनिका खुत्रुके बचत सदस्यहरुको आखाँ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट साकोसको आयोजनामा र भरतपुर आँखा अस्पतालको प्राविधीक सहयोगमा आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष श्री बाल गोपाल चुके ज्यूको अध्यक्षतामा संस्थाको कार्यालयमा सम्पन्न भएको थियो ।

अभिभावक सहित जम्मा १८१ जनाको उपस्थिती रहेको आखाँ परिक्षण कार्यक्रममा ८४ जना बाल सदस्यहरुले आँखा परिक्षण गराएका थिए । जसमध्ये १९ जनालाई दृष्टिमा समस्या देखिएको छ र २ जनालाई दृष्टिदोष देखिएकोले थप चेकजाँचको लागी भरतपुर आँखा अस्पताल बोलाईएको छ । अन्य केहीमा सामान्यतया एलर्जीको समस्या देखिएको थियो ।
भरतपुर आँखा अस्पतालका अप्टिकल एसिस्टेन कुन्दन पौडेलले आँखाको समस्या कसैलाई वंशाणुगत र कसैलाई पछि समस्या देखिने भएकोले आँखा परिक्षण समय समयमा गर्नुपर्ने जानकारी दिनुभएको थियो । अप्टिकल एसिस्टेन कुन्दन पौडेल सहित अन्य ३ जनाको टोलीले दिनभर प्राविधीक सहयोग गर्नुभएको थियो ।

यस संस्थाले निरन्तर रुपमा संस्थामा आबद्ध बाल सदस्यहरुको लागी स्वास्थ्यमुलक, शिक्षामुलक कार्यक्रम आयोजना गर्दै आईरहेको र कार्यक्रममा सबैजनालाई सहभागीताको लागी आग्रह गर्दै आँखा परिक्षण नियमित रुपमा गर्नुपर्ने र समस्या देखिएमा समयमै उपचार गरे समस्या समाधान हुने संस्थाका अध्यक्ष बाल गोपाल चुकेले जानकारी दिनुभयो ।

संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा संस्थाले बाल सदस्यहरको लागी आँखा परिक्षण कार्यक्रम, मिति २०७७÷१२÷०९ गते महिला शेयर सदस्यहरुको लागी वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरणको गोष्ठि, चैत्र १० गते सामाजिक उत्तरदायित्व बहन गर्दै नारायणी नमुना मा.वि.को दृष्टि बिहिन ईकाईमा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रम, चैत्र १२ गते जेष्ठ सदस्य सम्मान कार्यक्रम र स्थापना दिवसको दिन चैत्र १४ गते संस्थामा दिप प्रज्वलन र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ ।
Advertisement




