रत्ननगर/चितवन उद्योग संघ रत्ननगर इकाई समिति र चितवन उद्योग संघ महिला उद्यमी मञ्चको संयुक्त आयोजनामा ७ दिने क्रिष्टलको गरगहना बनाउने तालिमको शुभारम्भ भएको छ । चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि वनले तालिममा सहभागीहरुलाई उद्यमी बन्ने सोचका साथ तालिममा अनुशासन र धैर्यताका साथ लाग्न समेत आव्हान गर्नुभयो । उहाँले भन्नुभयो –यदी साँच्चै नै उद्यमी बन्ने सोचका साथ तालिममा आउनु भएको छ र तालिम अवधि कम छ भने हामी अझ यसलाई बढाउन सक्छौ, तर तपाईहरु तालिम लिएर प्रमाणपत्र झुण्ड्याउने सोचमात्र गर्नु भएको छ भने तालिमको कुनै महत्व रहँदैन त्यसैले तालिममा भित्री मनैदेखि लाग्न सहभागीलाई वनको आग्रह थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तालिम शुभारम्भ कार्यक्रममा बागमती उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले तालिमका सहभागीहरुलाई आफू पूर्ण रुपमा उद्योगी हुने लक्ष्य राखेर भरपूर सिप हासिल गरेर तालिमको फाइदा लिन आग्रह गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले तालिम तालिमका लागि मात्र नभई आफूमा सिप आर्जन र क्षमता वृद्धिको लागि प्रयोगमा ल्याउन तालिमका सहभागिहरुलाई शुभकामना समेत दिनुभयो ।

रत्ननगर क्षेत्रमा उद्योग सञ्चालन गरेका र चितवन उद्योग संघमा आवद्ध रही घरेलु तथा साना उद्योग कार्यालयको प्रविधि हस्तान्तरण कार्यक्रममा पर्न सफल छ जना उद्योगीहरुलाई कार्यक्रमका प्रमुख अतिथिबाट सम्मान गरिएको थियो । सम्मानित हुने उद्योगीहरुमा शिव खनाल, गोविन्द प्रसाद खनाल, विनोद बराल, प्रदिप सिंह कुर्मी, विक्रम महतो र कमल अर्याल रहेका छन् ।

रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, पुरुषोत्तम रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष पार्वती कुँबर सुवेदी, सदस्यहरु दक्षिण गैह्रे न्यौपाने, सिर्जना सोती, चितवन उद्योग संघ रत्ननगर इकाई समितिका सदस्य उमाकान्त पौडेल, महिला उद्यमी मञ्च रत्ननगरका अध्यक्ष प्रमिला पोखरेल, युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष शिव खनाल, रत्ननगर इकाई समितिका सदस्य शम्भु खनाल, कार्यक्रमकी प्रशिक्षक गोमा अम्गाई, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक कञ्चन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको क्रिष्टलको गरगहना बनाउने तालिमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चका अध्यक्ष एवं कार्यसमिति सदस्य सुधा सुवेदी पौडेलले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन र तालिम शुरुवातको घोषणा गर्दै प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
Advertisement




