उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि. का निर्देशक, युवा व्यवसायी एवं समाजसेवी श्री अनिलकुमार श्रेष्ठ ज्यूका सासुआमा कालिका नगरपालिका वडा नं. ७, क्लवचोक निवासी लेखमाया श्रेष्ठको ६६ बर्षको उमेरमा भएको असामयिक निधनले उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि. परिवारलाई स्तब्ध बनाएको छ । मृत्यु शोकको यस दुःखद घडीमा दिवंगत् आत्माको चिरशान्ति र सायुज्य प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । समबेदना प्रकट कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि. का अध्यक्ष राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशक डोलबहादुर कार्की (अविनाश), समाजसेवी एवं युवा व्यवसायी पुष्प श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
Advertisement





