• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • चितवन । धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट शिलान्यास भएको यो आयोजनाको निर्माण अवधिभन्दा दुई महिना अगाडि निर्माण सम्पन्न गरी भरतपुर महानगर प्रमुख रेनु दाहालले नै उद्घाटन गरेकी हुन् ।
    नेपाल सरकार भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भरतपुर महानगर र उपभोक्ताको समेत संयुक्त लगानीमा भरतपुर महानगरपालिका १२ मा  निर्मित खानेपानी आयोजना शर्मा सगरमाथा भिमेश्वर जेभीले निर्माण गरेको हो । आफूहरुले निकै मेहनत र सबैको साथका कारण समयभन्दा अगाडि निर्माण कार्य पूरा गर्न सफल बनेको निर्माण ब्यवसायी सहदेव खड्काले बताए ।
    २ हजार १ सय १९ घरधुरीका १४ हजार ५ सय ६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालले बताए । यो आयोजना निर्माणका लागि २१ करोड ७७ लाख इस्टिमेट भएको र निर्माण ब्यवसायीले १२ करोड ७७ लाखमा ठेक्का लिएर काम  सुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनी बताउँछन् ।
    आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाईप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उनको भनाई छ ।  सडक बिस्तार नाला बिस्तारका क्रममा खानेपानीको पाईप काटिने कारणले मर्मत संभारमा समस्या भएको दाहालको भनाई छ ।
    ७१ सालमा सामान्य डिप बोरिङ र ६०० मिटर पाईप बिस्तार गरी पानी वितरण गरेको यो आयोजनालाई बिस्तार गरी भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी प्रदान गर्ने  उद्देश्यसहित सबै प्रक्रिया पूरा गरी १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित  २०७४ साल जेठ २१ गते निर्माण सम्झौता भएको र अवधिभन्दा २ महनिा पहिले नै काम सकिएको दाहाल बताउँछन् । दाहालले अवधि अगाडि नै काम सकेको भन्दै निर्माण ब्यवसायीलाई आभार प्रकट गरे ।
    कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल र विशिष्ट अतिथि उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण ब्यवसायी सहदेव खड्का सहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख तथा खानेपानी ब्यवस्थापन बोर्डकी अध्यक्ष रेनु दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भएको बताइन् ।
    भरतपुर महानगर २९ चौकीडाँडादेखि २८ गोलाघाटसम्मका स्थानीय बासिन्दाको स्वच्छ पिउने पानी खान पाउनु पर्ने अधिकार रहेको र ती सबै नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्न आफनो टिम निरन्तर लागिरहेको दाहालको भनाई छ ।
    आफूहरुले महानगरमा धेरै राम्रा र महत्वपूर्ण दीर्घकालीन महत्व राख्ने कामहरु गरेको र अब केही समयमै सबैको नतिजा देखिने उनले बताइन् । सिटी हल, गोन्द्राङ–पुलचोक सडक, ८८ किलोमिटर रिङरोड, लिङ्करोड, ८० किलोमिटर सडकमा एकनासको स्मार्ट सडक बत्ती जडान, नदी किनारलाई सि बिच निर्माण, लायन्सचोकमा ३ अर्ब लगानीमा अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण लगायतका कामहरु थालनी भएको दाहालले बताइन् ।
    अबको बाँकी समयमा जनतामा गरेका प्रतिवद्धता पुूरा गर्ने र यस अगाडि थालनी भएका कामलाई पूर्णता दिने गरी आफूहरु लागिपरेको दाहालको भनाई छ ।  महानगरले कृषि, शिक्षा, पर्यटन पूर्वाधार सबैमा निरन्तर काम गरिरहेको र अबको केही वर्षमा चितवन देशको प्रमुख विकसित सहर बन्ने मेयर दाहालले बताइन् ।
    महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चितवन विकासमा तीब्र रुपमा अगाडि बढेको र राज्यलाई नै चिनाउने ठूला महत्वपूर्ण आयोजनाहरु चितवनमा बनेको बताइन् । विकासका लागि यो पार्टी उ पार्टी नभनी सबै मिलेर हातेमालो गर्नु पर्ने उनको भनाई छ ।
    वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलले आफ्ना वडामा केहि निकै विपन्न समुदाय रहेको र उनीहरुका लागि खानेपानी जडान गर्दा सकेसम्म निःशुल्क जडान गरिदिन आवश्यक रहेको बताए ।
    कोकाकोला कम्पनीले प्रभावित समुदायका लागि खानेपानीका लागि भनी २७ लाख बजेट दिएको र त्यो बजेट पानी ट्यांकी निर्माणमा लगानी भएकाले त्यही बजेटबाट आफ्ना उपभोक्ताका लागि निःशुल्क धारा जडान गर्न उनको आग्रह थियो ।
    भरतपुर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले भरतपुर महानगरको पहलमा खानेपानी ट्यांकी निर्माणसंगै घरघरमा धारा बिस्तार भएपछि आफ्ना वडावासीलाई धेरै लाभ भएको बताए । उनले आफ्नो वडाको विकासका लागि वडाबाट गएको कुनै पनि फाईल आजका मितिसम्म महानगरबाट फिर्ता नआएको र हरेक योजनामा महानगर प्रमुख र उपप्रमुखको साथ रहेको बताए ।
    संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ दासले सबैको साथ र सहयोगले निर्धारित अवधिभन्दा अगाडि नै कामले पूर्णता पाएको बताए । उपभोक्ता समितिका अध्यक्ष मदन घिमिरेले सबै सरोकारवाला निकायको साथ र सहययोगका कारण निर्धारित मितिभन्दा चाँडो काम सम्पन्न गरी उपभोक्तालाई खानेपानी प्रदान गर्न सकिएको भन्दै सबैलाई आभार प्रकट गरे ।

    Advertisement

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.