काठमाण्डौ/‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका राष्ट्रिय नागरिक बिकास समाजले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा १११औँ नारी दिवस मनाएको छ ।
बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले सामाजिक अभियान्ता एवं महिला नेतृहरु सरू श्रेष्ठ, शोभा पाठक, सरु बानियाँ, बरिष्ठ सञ्चारकर्मी बिमला भण्डारी कुवँर, सिता घिमिरे तिमिल्सिना, विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, चितवनकी छायाँ श्रेष्ठ लगायत सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका केसी, लोककुमारी श्रेष्ठ, सबिता न्यौपाने, रिता आचार्य, धनुथापा मगर, रोजी गुरु, धनमाया सिन्जाली, शान्ता बसेल, लक्ष्मी श्रेष्ठ, माधबी सुबेदी, सीता रायमाझी, सुनतिा घमिरे, संगीता शर्मा, मनिषा राई, शोभा थापा, यमकला केसी लगायतलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतोले सम्मानित हुने व्यक्तित्वहरूलाई “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” प्रदान गर्नुभएको थियो । उहाँहरुलाई दोसल्ला सहित सम्मान पत्र समेत हस्तान्त्रण गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री महतोले पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका महिलालाई एकै ठाउँमा सम्मान गर्न पाउदा खुसी व्यक्त गर्दै समान कामको समान ज्याला र महिला श्रम शोषणका कुरा गरिरहँदा यस सम्मानबाट बास्तविक महिलाको सम्मान भएको महसुस गरेको उहाँको भनाई थियो । कार्यक्रममा राष्ट्रिय सरोकार समितीका सभापती माननिय पार्वती रावल तत्कालिक जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्माचार्य लगायतले मन्तव्य राखेका थिए ।




