• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

अभियान्ता श्रेष्ठ सहित क्यान्सर विजेता प्रतियोगीहरु अभिनन्दित


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • ललितपुर/ टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा सो समूहकी संयोजक स्वरुपा श्रेष्ठले विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरीन् । कविता प्रतियोगीता तर्फ गंगा के सि प्रथम, श्रीजना लुइँटेल चापागाई द्वितीय, अनिता श्रेष्ठ र लिना नेम्कुल तृतीय, मीना तुलाधर चतुर्थ र गीता चित्रकार र लोकेश्वोरी शाक्यले सान्त्वना (पाचौ) स्थान हासिल गर्दै पुरस्कृत भए भने सेलेब्रेटि पुरस्कार तर्फ चर्चित मोडेल डली गुरुङ , सुप्रसिद्द गायिका संगीता शाक्य र ज्येष्ठ नागरिक पुरस्कार ७४ बर्षिय ताराप्रसाद त्रिपाठीले प्राप्त गरे ।

    Advertisement

    यसैगरि क्यान्सर बिजेता टिक टक च्यालेन्ज प्रतियोगितामा अनिता श्रेष्ठ प्रथम, गंगा के सि द्वितीय मीना तुलाधर तृतीय र पुनेय्स्वोरी कोजु महर्जनले चतुर्थ स्थान हासिल गर्दै पुरस्कृत भए । श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयीत्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दिपक यात्रीलाई पनि सम्मान गरीन् । कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु कवयीत्री शान्ति शर्मा तथा दीपक यात्रीका साथै प्रतियोगितामा पहिलो भएकी गंगा केसीले कविता वाचन गरेका थिए । यसैगरी क्यान्सर विजेता सेलिब्रेटी डली गुरुङ्गले आफुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गरीन् ।

    कार्यक्रम माझ क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौसला र हाँसोको महत्वको बारेमा चर्चा गरिन भने क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा क्यान्सर विजेताहरुले सँधै हौसला र प्रेरणा दिदै आएकी क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठलाई सो समूहकोे अभिभावकको भूमिका निर्वाह गरेकोमा दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो । अभिन्दित भए लगत्तैश खुशी व्यक्त गर्दै श्रेष्ठले क्यान्सर पिडितमा क्यान्सर लागेपछिको चिन्ता, त्यसमा पनि कोरोना महामारीको थप त्रासले यस्तो अवस्थामा क्यान्सर निको भएका र उपचाररत महिलाहरुलाई तनाव र निराशामुक्त राख्न कार्यक्रम अघि सारिएको बताइन । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहले कोरोना महामारीको मध्य समय ताका यो जुक्ति निकालेको पनि उनले स्पस्ट पारिन् ।

    त्यस पस्चात समूहले क्यान्सरको उपचार गराईराखेका र उपचार सकेर निको भईसकेका महिलालाई कोरोनाको तनाव र निराशाबाट मुक्त राख्दै उनीहरुको दैनिकी व्यस्त राख्न सामाजिक सञ्जालमा टिकटक, कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको बारे पनि उनले प्रस्ट पारिन् । संयोजक श्रेष्ठले टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको दाबी पेश गर्दै आफूभित्र रहेको जुनसुकै प्रतिभा टिकटकमा देखाएर कोरोना महामारीको अवधिभर आफूलाई प्रशन्न, स्वस्थ र व्यस्त राख्ने उद्धेश्यले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम अघि सारिएको उल्लेख गरिन। ‘हामी क्यान्सरको उपचार गराईराखेका र उपचारपछि निको भएका थुप्रै दिदीवहिनीलाई यस अवधिमा तनावमुक्त र व्यस्त राख्न चिन्तित थियौं, सोही अनूरुप हामीले पहिलोपल्ट यो कार्यक्रम गरेका हौं र सफल पनि भयौ’ क्यान्सरसर्भाइभरहरुकी अभिभावक एवम् नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरकी निर्देशक र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक समेत रहेकी स्वरुपा श्रेष्ठले भनिन ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.