• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि महानगरपालिका योजनावद्ध ढंगले अगाडि बढिरहेको छ ः मेयर दाहाल


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • चितवन/ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि विद्यालयको पूर्वाधार  विकास र शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएर योजनावद्ध ढंगले अगाडि बढिरहेको बताएकी छन् । राष्ट्रिय माध्यामिक विद्यालय कृष्णपुरमा ४ कोठे भवनको शिलान्यास गर्दै प्रमुख दाहालले शिक्षाको गुणात्मक विकासले मात्र समृद्धि हासिल गर्न सकिने बताइन् । उनले त्यसलाई आत्मसात गर्दै भरतपुर महानगरपालिका अगाडि बढिरहेको स्पष्ट पारिन् । ‘म जनप्रतिनिधि भएर भरतपुर महानगरमा प्रवेश गरेसंगै यहाँको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढिरहेकी छु,’ उनले भनिन् ।
    प्रमुख दाहालले आवश्यकता रहेका विद्यालयहरूको पहिचान गरी कार्यान्वयन गरेकै कारण पछिल्ला वर्षहरूमा सार्वजनिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको रोजाइमा परिरहेको दावी गरिन् । उनले विद्यालय भवन निर्माण, मर्मत तथा कक्षा कोठाको स्तरवृद्धि, खेल मैदान निर्माण, पार्क तथा बगैँचा निर्माणका लागि शौचालय र शुद्ध  पिउनेपानीको व्यवस्था लगायतमा विशेष चासो दिइराखेको उल्लेख गरेकी थिइन् ।
    सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले  गौरवका आयोजनाको रूपमा अगाडि सारेको सिटीहल, रिङरोड, लिङ्करोड, पुलचोक गोन्द्राङ ६ लेन सडक, व्यवस्थित  साइकल लेन सहितको नमुना सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारलाई ‘सी बिच’ मोडलको नमुना पर्यटकीय केन्द्रका रूपमा भैरहेको विकास नगरवासीका लागि शुद्ध पिउने पानीको पहुँच पूर्याउन गरिएको पहल सामुहिक प्रयासले अगाडि बढिरहेको वताउदै उक्त आयोजनाहरू तिव्र गतिमा काम भैरहेको जानकारी दिईन् ।
    फरक प्रसंगमा प्रमुख दाहालले सर्वोच्च अदालतले गलत नजिर स्थापित गरेको भन्दै नेपाली जनताले लिएको समृद्धि, स्थायित्व र सुशासन सहित विकासको चाहनालाई यस्ता फैसलाले निरास बनाउने बताइन् । उनले अदालतको राजनैतिक फैसला सच्याउनुको विकल्प नरहेको भन्दै कसैलाई विचलित नहुन आग्रह समेत गरिन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले कुरा थोरै र काम धेरै गर्ने बानी रहेको भन्दै यस भवन निर्माण गर्न महानगर प्रमुख रेनु दाहाल र संघीय संसद कृष्णभक्त पोखरेलको ठूलो योगदान रहेको जानकारी दिए । उनले विद्यालयको भवन समयमै निर्माण सम्पन्न गरेर शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । अध्यक्ष काफ्लेले नगरप्रमुख रेनु दाहालको पहल र सक्रियतामा मध्य नेपालको नमुना सहरको रूपमा भरतपुर विकास भैरहेको बताउँदै विकासप्रेमी जनप्रतिनिधिहरूलाई विकास र समृद्धि हासिल गर्नमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।

    Advertisement

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य भिमसेन देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सिङ्गो समाजको सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्रले गुणात्मक  फड्को मार्न सक्ने बताउँदै राज्यले शिक्षा क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरे । उनले विद्यालयमा कक्षा कोठाको अभाव रहेको अवस्थामा संसद विकास कोष र भरतपुर महानगरपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरेको प्रति धन्यवाद व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे ।
    नेपाली कांग्रेसका वडा सभापति काशीराम अधिकारीले विद्यालयको शैक्षिक र पूर्वाधारमा गुणात्मक सुधार गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए ।
    विक्रम सम्बत २०२४ सालमा स्थापना भएको यस राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा कक्षा १ देखि १० सम्म पठनपाठन भैरहेको छ । विद्यालयमा छात्र –छात्रा गरी ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । संसद विकास कोष र भरतपुर महानगरपालिकाको लगानीमा ७० लाख रूपैयाँको लागतमा ४ कोठे पक्की भवनको शिलन्यास भएको होे । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.