• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अवार्डमुखी वर्षा !


  •   शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
  • अघिल्ला वर्षझैँ यस वर्ष पनि फिल्म अवार्डको मौसम सुरु भैसकेको छ । देश तथा विदेशमा अहिले भकाभक अवार्ड आयोजना भैरहेका छन् । तर, विवादबाट कुनै मुक्त छैनन् । आजभोली फिल्म अवार्ड यतिसम्म लाजमर्दो हुन थालेको छ कि ‘सह-अभिनेता’ लाई ‘उत्कृष्ट अभिनेता’ को अवार्ड थमाइन्छ । कथा, पटकथा र प्रस्तुती केही गतिलो नभएको फिल्म ‘उत्कृष्ट फिल्म’ घोषित हुन्छ ।
    नेपाली फिल्मकर्मीहरु पनि एउटा ट्रफी र खादाको लोभमा आफ्नो धरातल विर्सन्छन् । अवार्ड पाउने भएपछि होटलको बारदेखि दर्शकदीर्घामा दर्शक नै नभए पनि गर्वका साथ अवार्ड उचाल्न हिचकिचाउँदैनन् । अवार्ड पाएकोमा अन्तरआत्मा खुसी नहोला, तर सामाजिक सञ्जालमा बधाई खान पाउँदा आफूलाई सर्वश्रेष्ठ ठान्दछन् । जुन आत्मरतीमा रमाउनु बाहेक अरु केही होइन ।
    राम्रो कामको मुल्यांकन गरेर भविष्यका लागि प्रोत्साहन स्वरुप प्रदान गरिनु पर्ने अवार्ड आजभोली गाई ब्राखाजस्तो खुल्लेआम बिक्री भैरहेका छन् । र, त्यही अवार्ड गर्वका साथ उचालेको तस्विर सामाजिक सञ्जालमा राखेर बधाई खान हानाथाप गर्छन्, नेपाली सेलिब्रेटी । पछिल्लो केही वर्षयता धेरैलाई अवार्ड भनेको विदेश जानका लागि दूतावासमा देखाइने सिर्फ वस्तु भएको छ ।
    खैर, आजको सन्दर्भतर्फ नै लागौं । यो प्याकेजमा हामी कुशल अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएकी वर्षा राउतको कुरा गर्दैछौं ।  कलाकारको भीडभाड रहेको फिल्म गरेरै आफूलाई अभिनेत्रीको रुपमा स्थापित गरेकी उनी अवार्ड भनेपछि मरिहत्ते गर्छिन् । पछिल्ला दुई उदाहरणले उनको अवार्डप्रतिको मोह छर्लङ्ग पार्छ । एक हो- जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ ।
    त्यहाँ उनले फिल्म ‘गोपी’ बाट सह-अभिनेत्रीको अवार्ड जितिन् । तर, अवार्ड कार्यक्रममा दुई दर्जन दर्शक पनि उपस्थित थिइन् । दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै थिए । लिने र दिने मात्र भएको कार्यक्रममा वर्षाले खाली कुर्सीलाई साक्षी राखेर गर्वका साथ सुपरफ्लप फिल्मबाट पाएको अवार्ड उचालिन् । ‘गोपी’ मा उनको अभिनयको प्रशंसा भएको थिएन, तर अवार्ड पाइन् ।
    जापानपछि उनी उतैबाट ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन अमेरिका हानिइन् । आइतबार भएको अवार्ड कार्यक्रममा उनलाई जुरीतर्फबाट सम्मान गरिएको थियो । अवार्ड थाप्नुभन्दा अगाडि उनले कार्यक्रममा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रस्तुती दिएपछि अवार्ड नपाउने कुरै आएन ! तर, वर्षाले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा पोस्ट्याएकी छैनन् ।
    फिल्म ‘जात्रै जात्रा’ को सफलतापछि कुनै नयाँ फिल्म साइन नगरेकी उनलाई अहिले अवार्ड थाप्न भ्याइनभ्याइ छ । त्यो पनि विदेशमा । जहाँ गयो त्यही अवार्ड हात पार्ने गरेकी वर्षालाई यतिबेला अवार्डमुखी भएको आरोप लाग्न थालेको छ । यो आरोपबारे वर्षाको जवाफ के आउला ? धेरैका लागि चासोको विषय बनेको छ । ‘दिनेले दिए, मैले लिएँ’ भन्ने जवाफ त आउने होइन ?

    Advertisement

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.