• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

आयुर्वेद र योग भनेको के हो यसको महत्व कति छ ?


  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
  • आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ ।

    Advertisement

    आयुर्वेद कुनै पनि रोगबाट पूर्ण रूपमा छुटकारा पाउने कुरासँग सम्बन्धित छ र यसले समग्र स्वास्थ्यमा सुधार ल्याउन उपयुक्त जीवनशैली अपनाउन पनि सुझाव दिन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यो प्राकृतिक जडिबुटीहरू र अन्य प्राकृतिक पदार्थहरूबाट बन्ने भएकाले यसको कुनै पनि साइड इफेक्ट हुँदैन ।

    आयुर्वेदले तपाईंको रोगको कारणलाई ध्यान दिँदै त्यसको उपचारको लागि शरीरको प्रभावित भागको उपचारमा ध्यान दिन्छ । उपचारलाई प्रभावकारी बनाउन स्वस्थ जीवनशैली अपनाउनुपर्छ र खानामा नियन्त्रण गर्नुपर्छ ।

    आफूलाई मन पर्ने खाना नखाने कुरा तपाईंलाई मन नपर्न सक्छ । यसलाई पालना गरेमा आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ । यसले तनमन दुवैलाई स्वस्थ बनाउँछ ।

    आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।

    हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते।।

    जुन शास्त्रमा हितायु, अहितायु, सुखायु, दुःखायु यी ४ प्रकारका आयु र आयुका लागि हित अर्थात पथ्य, अहित अर्थात अपथ्य, आयुको मान (प्रमाण र अप्रमाण) र आयुको स्वरुप बताइएको हुन्छ त्यसलाई आयुर्वेद भनिन्छ।

    यतश्चायुष्याणी अनायुष्याणि च द्रव्य ! गुणकर्माणि वेदयति अतोअपि आयुर्वेद: !!

    यस शास्त्रले आयुष्य (आयुको सुरक्षा र सम्वर्द्धन गर्ने) हित द्रव्य, गुण र कर्मका साथ अनायुष्य (आयुको ह्रास वा नाश गर्ने) अहित द्रव्य, गुण र कर्महरुको जानकारी दिन्छ, त्यसैले यसलाई आयुर्वेद भनिन्छ।

    प्राचीनकालदेखि नै आयुर्वेद क्षेत्रसँग परिचित र त्यसका प्रयोगकर्ता ऋषिमुनिहरुको आश्रयस्थल नेपाल रहेको छ। आयुर्वेदीय चिकित्साअन्तर्गत प्रयोग हुने दैवव्यपाश्रय एवं युक्तिव्यपाश्राय औषधहरुको प्रयोगको परम्परा यहाँ आज पनि व्यापक रुपमा कायम रहेको पाइन्छ।

    अतीतकालमा आयुर्वेद आप्तोपदेश तथा विद्वानहरुको चिन्तन एवं अनुभवको आधारमा विकसित हुँदै आएको हो। यसको प्रयोगात्मक परिपाटी निकै विस्तृत भए तापनि आजको वैज्ञानिक चिन्तन र प्रयोगको परिपाटीबाट त्यसको स्पष्ट रुपरेखा विद्वानहरुले प्रस्तुत गर्न नसक्दा, आयुर्वेद क्षेत्रको जुन रुपमा विकास र विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन।

    आयुर्वेद चिकित्सालाई नेपालको राष्ट्रिय चिकित्साअनुरुप विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धता सहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ। साथसाथै सरोकार सम्पूर्णले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्य समेत बोक्नुपर्छ।

    आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभई स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु पनि हो। नेपालमा वैज्ञानिक तवरबाट अध्ययन अध्यापन, सिप अभिवृद्धिको प्रशिक्षण हुने र विभिन्न विधामा विशेषज्ञ सेवा पनि उपलब्ध भएकाले तथा आयुर्वेदका औषधिहरु विभिन्न ट्राइल, रिसर्च, ल्याब्रोटरी इभ्यालुएसनसहित मानव जीवनको सुरक्षालाई ध्यानमा दिएर बनाइएको हुँदा, आयुर्वेदले रोगीको जीवनमा सकारात्मक भूमिका खेल्ने कुरामा दुईमत छैन।

    योग भनेको के हो र यसका प्रकार र महत्व ?

    शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् । याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेग

    i: जप योग

    ii: कर्म योग

    iii: ज्ञान योग

    iv: भक्ति योग

    v: राज योग

    vi: कुण्डलिनी

    vii: नाडी

    अष्टाङ्ग योग अन्तर्गत: याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

    योगलाई जीवन पद्धति बनाउनुपर्छ । दैनिक कम्तीमा ३० मिनेट योग गर्नुपर्छ । जसमा १० मिनेट शारीरिक, १० मिनेट स्वासप्रस्वास र १० मिनेट मनलाई आनन्द बनाउन ध्यान गर्नुपर्छ ।

    १) योगको अभ्यासले शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

    २)योगले भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

    ३) योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लै गर्न कुनै कठिनाइ हुँदैन ।

    ४) योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

    ५) योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

    ६) योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ ।

    ७) मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ ।

    ८) योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुन्छ ।

    ९) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।

    योग को बारेमा संस्कृत श्लोक ::

    बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ! तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् !!

    योगस्थ: कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।

    सिद्ध्यसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते।।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.