भरतपुर/चितवनमा विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्लिक सफ्टवेयर सोलुसनले श्रीपञ्चमीको दिनदेखि क्लिक सफ्टवेयर समाधानको संयुक्त लगानी कम्पनीले क्लिक आईटी सोलुसनको शुभारम्भ गरेको छ ।
सोलुसनले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ब्राण्डेड डेक्सटप, ल्यापटपको बिक्री, प्रिन्टर, कम्प्युटरका सामाग्रीहरु, सिसि क्यामरा, नेटवकिङ, बिलिङ पेपर, सफ्टवेयर प्रोडक्सन, पेट्रोल पम्प र अटो ल्याण्डहरुको लागि टेलिकोम लगायत का सामानहरु एकै स्थानबाट बिक्रीको व्यवस्था मिलाएको सोलुसनका प्रबन्ध निर्देशक जेवी थापाले बताउनुभयो ।

यसअघि सोलुसनले कसमस सफ्टवेयर प्रा.लि.द्वारा उत्पादित शिक्षा सफ्टवेयरमा पनि डिस्टान्स लर्निङ सुविधा थप गरिएको का डिस्टान्स लर्निङका लागि शिक्षा सफ्टवेयरमा अनलाइन कक्षाका लागि अत्यन्त रुचाइएको जुम तथा गुगल मिटलाई समावेश गरी मोबाइल एप्लिकेशन ल्याइएको सोलुसनका प्रबन्ध निर्देशक थापाको भनाइ छ । बिहानी टेकको सहकार्यमा तयार गरिएको उक्त एपमा विद्यार्थीको एकाउन्ट, परीक्षा विवरण, गृहकार्य गर्न मिल्ने तथा चेक गरी सुझावसमेत दिन मिल्ने, जुम तथा गुगल मिटको माध्यमबाट अनलाइन कक्षा समेत लिन सकिने उनले बताए ।
चितवन लगायत देशका विभिन्न शहरहरु झापा, मोरङ, सुनसरी, सिराहा, काठमाडौं उपत्यका, धादिङ, नवलपरासी, कास्की, बाँके, बर्दिया, सल्यान, कंचनपुर लगायतका स्थानहरुमा संचालनमा रहेको सो सफ्टवेयर चितवन र नवलपरासी जिल्लाका लागि क्लिक सफ्टवेयर सोलुसनले वितरण गर्दै आएको छ ।
चलाउन अत्यन्त सजिलो उक्त एपमा शैक्षिक क्यालेन्डर, विद्यार्थीको हाजिरी, यातायात व्यवस्थापन, विद्यालयबाट प्रकाशित सूचनाहरु समेत हेर्न तथा विद्यालय वा सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गर्न मिल्ने सुविधाहरुसमेत उक्त सफ्वेयरमा रहेको पाईन्छ ।
शैक्षिक हब चितवनका प्रख्यात शैक्षिक संस्थाहरु, अर्किड, वाल्मिकी, लिटिल फ्लावर, स्काइराइडर, न्यू क्यापिटल कलेज, सुनगाभा कलेज, स्टेप बाइ स्टेप, गुरुकुल, आइरिस, सिद्धार्थ स्कुल (नवलपरासी), विश्वज्योति स्कुल (नवलपरासी), नवलपुर एकेडेमी (डण्डा र चोरमारा), लिटिल स्टेप (अरुणखोला), ब्लुमिङ बर्ड त्रिवेणी लगायत ४५० भन्दा बढीमा यो सफ्टवेयर प्रयोगमा रहेको उनले जानकारी गराए ।
भरतपुर, हाकिमचोकमा मुख्य कार्यालय रहेको यस संस्थाले सहकारी तथा अन्य व्यावसायिक सफ्टवेयरहरु पनि वितरण गर्दै आइरहेको छ । हालसम्म झण्डै १५० भन्दा बढी सहकारीहरुले यस संस्थाद्वारा वितरित सफ्टवेयर प्रयोग गरिरहेको उनले जिकिर गरे । सहकारीहरुमा समेत अत्याधुनिक बैंकिङ्ग सिस्टम सहितको मोबाइल एप्लिकेशन प्रयोगमा रहेको छ भने एसएमएस बैंकिङ्ग तथा क्लाउड सहितको शाखा संचालनको समेत सुविधा रहेको छ ।




