• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लक्की मिडिया हाउसको बार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित


  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
  • चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको छ । सोमबार भरतपुरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन । मिडिया हाउसले विभिन्न विधा तथा क्षेत्रमा समाज रुपान्तरण र विकासमा भूमिका खेल्ने व्यक्तित्वलाई सम्मानित गरेको हो ।

    Advertisement

    सम्मानित हुनेमा चिकित्सा विधामा भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन । शिक्षाकर्मी सम्मान अन्र्तगत ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की , लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनालीलाई सम्मानित गरिएको छ ।

    यस्तै बार्षिकोत्सव अवसरमा सम्मानित हुनेहरुमा नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्की रहेका छन । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी – वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको हो ।

    यस्तै सो अवसरमा चितवनका दुई पत्रकारलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा चितवनमा रहेर राष्ट्रिय तथा स्थानीय स्तरका सञ्चारमाध्यमा क्रियाशील पत्रकार सूर्यप्रसाद अधिकारी र चितवनमा दुई दशकभन्दा बढी रेडियो पत्रकारिता गरेका दिनेश श्रेष्ठ “पासा” रहेका छन ।

    यस्तै मिडिया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यत्तित्वलाई समेत सम्मान गरेको छ । सुजन प्लानिङ्ग एण्ड कन्ट्रक्सन प्रा.लिका अध्यक्ष युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिट्रिका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भएका हुन । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेललाई समेत सम्मान गरिएको छ् । यस्तै मिडिया हाउसले उत्कृष्ट कार्य गरेको भन्दै मिडिया हाउसकी बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत नगदसहित पुरस्कृत गरेको थियो ।

    सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौ बार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान गर्न पाउंँदा आफू अत्यन्त खुशी भएको बताए । ‘ कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भने, सम्मानले उहांँहरुलाई केही उत्साह र उर्जा मिल्ने हाम्रो विश्वास छ । ’

    कार्यक्रममा नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी , नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायत उद्योगी व्यवसायी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरे लिखिति नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

    मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.